बुधवार, आश्विन ०४ गते, २०७४
Wednesday, September 20, 2017
सारंगी रुदैछ....

समय सन्दर्भ :
-प्रशान एलुङ् राई
 
पुरै महिना दिन बित्यो बायाँ खुट्टा दुख्ने बिमारले थलिएको । थलिएको पनि के भनुँ ? त्यस्तै पर्दा बैशाखी टेकेर या निक्कै सास्तीले हिडेर नजिककैको पसल र अस्पताल ओहोर दोहोर गर्छु । उस्तै पर्दा कुनै नेपाली कार्यक्रममा झल्याक  झुलुक पुग्छु । फाट्टाफुट्टा समाचारहरु सम्प्रेषण गर्छु । दुखाई बिर्सिएर लामै समय बिताईदिन्छु । जब साँझ पर्छ अनि खुट्टा बेतालले दुख्छ 'टन्टन्ती' ।
 
थाह छैन मेरो खुट्टा दुखेको हो या यो परदेश ?  शरिरको दुखाईमा 'परदेश' चुक बनेर पोखिदो रैछ । भतभत्ती पोल्छ । सहनै पो सकिन्न रैछ यो परदेशको दुखाई र पीडा त गाँठे । यो चौडा छाती पट्पटी फुट्न खोज्छ । मुटु–कलेजो निचोरिन्छ । खुट्टाको दुखाईलाई मध्येरातमा पेन किलरले कति बेला अलि साम्मे पार्छ, म आनन्दले निदाउँछु । मानौं म आमाको काखैमा पल्टेर आकासको तारा हेर्दै कुम्भकर्ण झैँ  सुतेको छु । उता मेरी आमा लोरी सुनाउँछिन् । 

बितेको अधिकांश समय सुतेरै गुजारे । साथीभाईको टेलिफोन र इमेलको जवाफ फर्काउन पनि सकिन । सत्य भनुँ ? टेलिफोन र अन्य सञ्जालमा दोहोरो कुरा गर्न पटक्कै मन पनि लागेन । केवल सहानुभूति राख्नु हुने सबैमा मनले साधुवाद दिएकोछु, बस् । 
नेपालको सुदूर पुर्वीपहाड सोलुखुम्बु जिल्लमा जन्मेर कोलम्बसले भस्मे फाँडेर बसाएको यो आजको शहरमा ओतिंदा पनि मेरा हिमाल, मेरा पहाड, मेरा बस्ती सप्पै-सप्पै आँखाबाट हटेनन् । यहि उज्यालो शहरबाट म त्यो बस्तीको केन्द्रमा बसेर कमेरो माटोको सुगन्ध सुँघी रहेछु । मलाई त लाग्छ, हामी सबैलाई यस्तै हुन्छ । जसले छातीमा देश बोकेर परदेश बाँचीरहेछ ।

“मरे पछि कुहिन्जेल सुत्नु”
कुनै बेला बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले गुरुसँग एकछिन सुत्ने समय माग्दा यसो भनेका थिए रे–घिमिरे अंकल भन्नुहुन्थ्यो । यो वाक्यंश पल-प्रतिपल सम्झि बसे । र सम्झी बसे तुलसी घिमिरे र सबै परिवारलाई । तर म चाहि बाँचेरै खाली सुतेरै बसे । मनभरी देश ओछ्याएर बस्तीको धुन सम्झिदै गर्दा एकदिन फेसबुकको भित्तामा एउटा श्रव्य-दृश्य सामाग्रीमा टक्क आँखा रोकियो । दृश्यमा चार तन्नेरी सारंगी रेटेर गाउँदै थिए :

 "सारंगी रुदैछ पारी गाउँमा
 बाँसुरीले सुसेल्दैछ रानीबनैमा
पञ्चै बाजा नौमती राम्रो....."
(यो भिडियो पनि हेर्नुहोस् )



कुनै समय यो गीत मेरा गाउँबस्ती तिर खुब चल्तीको गीत थियो । खुब गाइयो यो गीत । जानेर-नजानेर, सुर-बेसुर, ताल-बेतालमा गाइयो । सायद उल्टो सुल्टो, तल माथि जसरी जानियो त्यसरी नै गाइयो । गाउनु चाहि गाइयो । ति तन्नेरी, तिनका सारंगी र गीतले मलाई त्यहि मेरो उद्गम बस्तीहरुमा पुगेको महसुस गरायो । कुनै बेला मैले नि त्यहि गीत गाएर लेक-अउल गरेको थिए, यसैगरी :

"किन बिस्र्यौ दौरासुरुवाल ढाका टोपी छैन
फरिया त भुल्यौ नि लै लै पटुकी नै छैन
चौबन्दी तुनामा बाजा बिनायो
मुर्चङ्गा मुखै कसले बजायो ।"

मसँग सारंगी त थिएन । रेडियो तिर कहिले काहि गन्धर्वले सारंगी बजाउँछन् सम्म भन्ने सुन्थे । ऊ बेला रेडियो नेपालमा स्वर्गिय पाण्डव सुनुवारले चौतारी भन्ने लोकगीतको कार्यक्रम चलाउँथे त्यत्ति बेला सारंगी बजाउने केहि गन्धर्व कलाकारहरुको नाम खुब सुने जस्तो लाग्छ  । पछि काठमाण्डौं आएपछि मात्र त्यो सारंगीको रुप, रंग र आकार देख्न पाइयो । 

सारंगी नेपाली ठेट र मौलिक बाजा मध्येको शक्तिशाली बाजा जस्तो लाग्छ । चार वटा तारहरुमा हाम्रो देश बजेको सुन्छु म । तिनका तारबाट निस्केका धुनहरु सप्पै हाम्रै मात्र जस्तो लाग्छ । हाम्रै भाका गाए जस्तो लाग्छ ।  अझ सारंगी बजाउँदै  हिड्ने गन्धर्वहरुले हाम्रो जीवन पो गाउँछन । हाम्रो सुख, हाम्रो दुःख लय हालेर भाका फेरी फेरी सारंगीमा रेट्छन जीवन जस्तै :

"भोजपुरको छेउमा बग्ने पिखुवा खोला
जहिले पनि दुःखै दुःख सुख त काँ होला ?
संगै  जान्थ्यौं घाँस दाउरा, सँगै जान्थ्यौं बनैमा
अहिले सम्म सम्झना आउँछ, यो मेरो मनैमा"
(यो भिडियो पनि हेर्नुहोस् )



मेरा दुखाईहरुमा यी माथिका गीतहरु मल्हम बने । यो कंक्रिडको शहरको एउटा सामान्य कोठामा उत्तानिएर यी गीत र धुनहरु सुन्दै गर्दा मैले कैयौं पल्ट म मेरो उर्जाशील बस्ती पुगे । जहाँ सारंगीले नरेटेका कैयौं चोटिला कथाहरु छन् । सारंगीमा नगाईएका धेरै लोकिला धुनहरु छन् ।  मैले नलेखेका अक्षरहरु त गरा गरामा छन् । कान्ला कान्लामा छन् । 
बस् यत्ति । 
 
NOTE: (समय सन्दर्भ मेरो आफ्नो ब्लग पेज भएको सहर्ष जानकारी गरौद्छु )

 


विहिवार, २०७० माघ १५ गते ०८:०२ / Thursday, Jan 30, 2014 8:02 am


Share |
प्रतिक्रियाहरु
Sarbadhan Rai, uk
Dear Press chautari EditorFirst of all I would like to thank to Presschautari and wish and succeed in future. I am reguler press reader and listener.Thank you prasana

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समय सन्दर्भ
1.   समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु
2.   यस कारण ईन्स्योरेन्स “आतंक”
3.   समय सन्दर्भ : नेहालाई न्याय
4.   समय सन्दर्भ : छ कोहि ?
5.   समय सन्दर्भ – “छ हिम्मत ?”
6.   सक्छौं त पहाड थाम्न ?
7.   झुम्लावाङ्गमा 'नजर'
8.   'हुस्' ! विमला
9.   देश र दशैं
10.   ऊ...तुलसी घिमिरे
11.   तेरिया तरङ्ग
12.   छड्के : हामीलाई घट्दो क्यामेरा मोह
13.   समय सन्दर्भ : खस्रा खरेल
14.   एनआरएन–नेतृत्व
15.   शोकाकुल सगरमाथा
16.   नयाँ बर्ष
17.   कीतिमार्नी क्रिकेटर
18.   गौरीलाई : यता बाई-उता हाई
19.   ...उता दिलशोभा दुख्दा
20.   सारंगी रुदैछ....
21.   डाक्टर साप, ऊ मर्न लागेको छ
22.   “फुल टाइमर जोर्नालिष्ट”
23.   "दिल्ली दौडाह"
24.   "वेम्बलीमा नेपथ्य"
25.   राहतमा राजनीति
Results 37: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.