बुधवार, कार्तिक ०७ गते, २०७५
Wednesday, October 24, 2018
"....ऊ नेपालको छोरो"
-प्रशान एलुङ् राई




उनी मेची पारी भारतमा जन्मिए तर मेची वारी नेपाललाई कर्म थलो बनाए । सायद केहि लिएनन् उनले । बदलामा पुरै देशले तिर्न नसक्ने  गुन लगाए गए । तीन दशक भन्दा लामो समय नेपाली संगीत क्षेत्रमा निरन्तर योगदान पुर्याएर  त्रिपन्न बर्षको उमेरमा अस्ताए –गोपाल योञ्जन
बिक्रम् सम्बत् २०२४ तिर गीतकार नागेन्द्र थापाको साथ लागेर नेपाल आएका स्वर्गिय गोपाल योञ्जनको निम्ति राष्ट्रियता भन्दा माथि आफ्नो जाति र  भाषा रह््यो । अनि त नेपाली भाषा र जातिकै निम्ति झोलाभरी मुरली र बाँसुरी भिरेर मेची तरे । सयौं गीतहरुमा कालजयी धुन भरे । नेपाली कला, भाषा र मौलिक संस्कृति उता मिसिन नदिएर यतै छरे । वाह ! आफ्नो जाति र भाषाको कत्रो मोह उनीभित्र ? त्यसैले त राष्ट्रियता मेची पुल पारी छाडेर प्रत्येक नेपालीको हृदय छुने सिर्जनाभित्र सिंगो नेपाललाई छातीमा टाँसे । बैरीले पारीको मान्छे भने पनि आपूmले चाँहि यहि देशको छोरो ठाने । किन कि उनको नशा, रगत र धमनीहरुमा नेपाल सिंचित थियो ।

“बनेको छ पहराले यो छाती मेरो
बगेको छहरा रगतमा मेरो
पखेरोमा  जन्मे टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो ।”

साँच्चै हरेक नेपालीले छाती उँचो पारेर गाउँने  गीत उनैले सिर्जे । जन्मलाई भूगोलको सिमानाले छुट्टायो त के भो ? कर्मले यो देशको स्वाभिमान सगरमाथा जत्तिकै अग्लो उभ्याँइ दिए । भन्ने नै हो भने त उनले जत्तिको नेपाली स्वाभिमान र राष्ट्रप्रेमको गीत कसले पो लेखेका होलान् ? कसले नै गाएका होलान खाट्टी नेपाली माटोको गीत ?  राष्ट्र पे्रम भन्ने कुरा कुनै घर–दरबार अगाडि ठूलो आकारको झण्डा गाड्दैमा मात्र हुँदैन । न त  कसैले आफ्नो घरको भित्तामा देशको तस्विर तुलुङ्ग भुण्ड्याउँदैमा पुरा हुन्छ । देशभत्ति र प्रेम त्यहि भुगोलको माटो कुल्चिनु मात्र होइन । त्यो देशको माटोको सुवास चिन्न सक्नु पनि हो । जुन प्रवासमा जन्मि हुर्केका  गोपाल योञ्जनले गरे । प्रवासमै बसेर उनले सुँघेका थिए नेपाली माटोको सुवास । र त प्रवासमै बसेर उनले खिपेका थिए त्यस्तै अर्को कालजयी गीत –

“देशले रगत मागे मलाई बलि चढाऊ
रुँदिनन् मेरी आमा उ नेपालको छोरो”

यो गीत उनले दार्जिलिङ्गमै बस्दा रचेका हुन् रे । जत्ति बेला उनले नेपाल भन्ने देश देखेकै थिएनन् । भारतको दार्जिलिङ्गमा स्कुले हुँदै उनले यस्ता कैयौ मर्मस्पर्शी गीतहरुको सिर्जना गरे । उनले आफ्ना हरेक सिर्जनाहरुमा नेपाली कला र मौलिकता मिसाएका छन् । उनले भरेका प्रत्येक धुनहरुले नेपाली माटोको सुगन्ध बोकेकाछन् । सरल अनि चोटिलो शब्दहरुमा लोकिलो भाका हालेर उर्जाशील आवाज प्रस्तुत गर्नु उनको विशेषता नै हो । त्यसैले त उनी नेपाली संगीत क्षेत्रमा शब्दशिल्पी, संगीत सर्जक र गायन कलाको बेजोड अनि अभूतपुर्व त्रिवेणी हुन् । 
नेपाली आधुनिक सुगम संगीतको स्वर्णकालमा नेपाली संगीत क्षेत्रलाई लाख गुन लगाएर झण्डै सोह््र बर्ष अघि अस्ताएका गोपाल योञ्जनको बितेको साता पूण्यतिथि थियो । थाह छैन उनलाई कसले कसरी सम्भेंm । नेपाली गीत संगीतको श्रीबृद्धिको निम्ति खोलिएका संगठन र स्कुलहरुमा गोपाल योञ्जन बजे बजेनन् । रेडियो टेलिभिजनहरुमा उनको पूण्यतिथीको बारेमा दुईचार शब्दले ठाउँ पाए पाएनन् । तर प्रवासमा हली जिन्दगी जिउने लाखौं जनले भने पक्कै सम्झेकाछन् । यसपाली मैले पनि जोत्दै गरेको यहि फोक्टाबाट यसै गरि सम्झिए –गोपाल योञ्जनलाई ।

संगीत उद्योगको विशाल बजारकै रुपमा स्थापित भारतबाट अनेकौं पल्ट थुप्रै अवसरहरु नकारेका गोपाल योञ्जनले नेपाली संगीत क्षेत्रमा सयौं अजम्बरी कालजयी गीतहरु दिएर गए । त्रिपन्न बर्षको छोटो आयु लिएर आएका उनले उन्नाईस बर्षको केटौले उमेरमा नै आफ्नो जीवन गाथा यसरी शब्दहरुमा उनेका थिए–

“मेरो गीत मेरै प्रतिविम्व होइन,
जो फुटी जाने छैन टुटी जाने छैन
आकास जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना होइन ”
यहि गीतमा मीतज्यू नारायण गोपालले जिवन्त आवाज भरि दिए । गीतका शब्दहरुमा पोखिए जस्तै दुई दिनकै पाहुना भएर आए र नेपाली संगीत आकासमा अमर सिर्जना छोडेर गए –गोपाल योञ्जन । उनी प्रति भावपूर्ण श्रद्धा सुमन ।
यत्ति ।
 


मंगलवार, २०७० पुस २९ गते ०७:३३ / Tuesday, Jan 14, 2014 7:33 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समय सन्दर्भ
1.   समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु
2.   यस कारण ईन्स्योरेन्स “आतंक”
3.   समय सन्दर्भ : नेहालाई न्याय
4.   समय सन्दर्भ : छ कोहि ?
5.   समय सन्दर्भ – “छ हिम्मत ?”
6.   सक्छौं त पहाड थाम्न ?
7.   झुम्लावाङ्गमा 'नजर'
8.   'हुस्' ! विमला
9.   देश र दशैं
10.   ऊ...तुलसी घिमिरे
11.   तेरिया तरङ्ग
12.   छड्के : हामीलाई घट्दो क्यामेरा मोह
13.   समय सन्दर्भ : खस्रा खरेल
14.   एनआरएन–नेतृत्व
15.   शोकाकुल सगरमाथा
16.   नयाँ बर्ष
17.   कीतिमार्नी क्रिकेटर
18.   गौरीलाई : यता बाई-उता हाई
19.   ...उता दिलशोभा दुख्दा
20.   सारंगी रुदैछ....
21.   डाक्टर साप, ऊ मर्न लागेको छ
22.   “फुल टाइमर जोर्नालिष्ट”
23.   "दिल्ली दौडाह"
24.   "वेम्बलीमा नेपथ्य"
25.   राहतमा राजनीति
Results 37: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.