शुक्रवार, चैत्र ११ गते, २०७३
Friday, March 24, 2017
कम्पनी मोहर
-विमल निभा

एउटा सीमावर्ती गाउँ, जसको नाम भएको पाना, 'नयाँ नेपालको इतिहासको किताब'बाट च्यातिएको थियो, मा एकदिन भयानक हुरी चलेसरि हल्ला चल्यो- गाउँभरिका गाई, भैंसी र बाख्रा चराउने किशोर गोठालाहरूका झुन्डले एउटा अद्भुत वृक्ष, ताडको वृक्ष, फेला पारेको छ ।

यो हल्ला 'एक कान दुई कान मैदान' भएर सानो गाउँको चौघेरामा एक फन्को मारी सर्पाकार मुद्रामा यहाँदेखि त्यहाँसम्म फैलियो ।

'हँ, के यो साँचो हो केटाहरू ?'

रबर, पराल र पहेँलो माटोका ससाना झुपडीबाट टाउको निकालेर पाका गाउँलेहरूले अविश्वासको बोलीमा सोधेकाले यो हल्लाका पछि-पछि वेगले दगुरिरहेका केटाहरूले पाइला एक्कासी रोकेर फुलेको सास तल-माथि गरी भने, 'हामीसँग त्यतैतिर हेर्न जाउँ न त काका !'

गाउँका बालक, जवान र बूढा, सबै डेढ कोस परको अलिकति पनि पानी नभएको सुख्खा तलाउ (कुन्नि, कहिलेदेखि यही अवस्थामा रहेको स्थानीय जलाशय !) छेउ एकत्रित भएका थिए । सुख्खा तलाउको ठिक्क मध्यभागमा बेलुकीको एक टुक्रा घाममा चमचम गरिरहेको सुनौलो रंगको ताडको गाछी ठिंग उभिएको थियो । यसले माथि-माथि आकाशमा निस्पिmक्रीसँग डुलिरहेका काला बादललाई भालाको टुप्पोले जस्तै छेडेर नीलो आकाश छोएको देखिन्थ्यो । यसको तना, चारै दिशामा निस्किएका हाँगाबिँगा र विशाल आकारका लामा-लामा पातहरूबाट निरन्तर झरिरहेको ताडीरसले एकबित्ता पनि पानी नहुने सुख्खा तलाउ भरिन-भरिन लागेको थियो ।

यस्तो अपूर्व दृश्य देखेर भर्खर-भर्खरै जुँगारेखी आएका केही गाउँले ठिटा विस्मय र उत्तेजनाको साझा प्रभावले अन्ततः आनन्दित भई दुवै हातका अञ्जलीमा भरी-भरीकन ताडी पिउन थाले ।

'पख-पख ठीटाहरू हो !' हिउँझैं सेतो दाह्री भएको एक वृद्धले एकदमसँग अघि बढेर रोक्न खोज्यो, 'यो कुनै सामान्य वृक्ष नभएर सोझै स्वर्गलोकबाट पृथ्वीतलमा झरेको पवित्र ताडको वृक्ष भएकोले पहिले यसको विधिपूर्वक पूजा-अर्चना गर्नु आवश्यक छ ।'

'मलाई त किन-किन यो कुनै निपुण कलाकारको जादुगरीले भरिएको एक तिलश्मी रूखजस्तो लागिरहेको छ भाइ-बहिनीहरू !' एकापट्टिको कानभरि झ्वाप्प रौं भएको अधबैंसे गाउँलेले तुरुन्तै थप्यो, 'यो जादूको राम्रो-नराम्रो प्रभावबाट हामी गाउँलेहरूले होसियार रहनुपर्छ ।'

'कुनै भयानक भूत, जिन्न र प्रेतको आराम गर्ने बासस्थान त होइन यो ताडको गाछी ?' कसैको सुइरोजस्तो आवाजले शंका प्रकट गरी च्वास्स घोचेकोले एउटा असामान्य ढंगको चुच्चो मुखको गाउँलेले आफ्नो मुख खोलेर भन्यो, 'होइन-होइन, यो कुनै साधारण वृक्ष नभएर एक अलौकिक ताडको वृक्ष हो । त्यसैले अघि दाह्रीवाल बूढाबाले भनेबमोजिम यसको पूजा हुनुपर्छ । (केही बेर रोकिएर) अझ म त के पनि भन्छु भने यो ताडको विशिष्ट रस हामीले उपयोगमा ल्याउनुभन्दा अगाडि यसको गाउँको कुनै बुज्रुगबाट बकाइदा शुभारम्भ अनुष्ठान गराउनु राम्रो हुन्छ ।'

'के हो यो शुभारम्भ अनुष्ठान ?' सबैले एक स्वरमा गरेको उच्चारण असामान्य चुच्चो मुखलाई छोएर ताडको रूखमा गएर बेसरी ठोक्कियो ।

'सहरका मानिसहरू जसरी ठूलठूला भवन, विद्यालय, अस्पताल, मन्दिर, पुल, पसल, मठ आदिको उद्घाटन गर्ने गर्छन्, एक प्रकारले त्यस्तै हो यो शुभारम्भ अनुष्ठान ।' असामान्य चुच्चो मुखद्वारा केही समय सोचेर दिइएको यो उत्तरलाई 'ठीक हो, ठीक हो' भनी सामूहिक तवरले समर्थन जनाएर सबै गाउँलेहरू सन्तुष्ट भई आआफ्ना घर र्फकंदा भए ।

अलौकिक ताडको वृक्षको कसबाट शुभारम्भ अनुष्ठान गराउने भन्ने विषयमा 'नयाँ नेपालको इतिहासको किताब'बाट नाम गायब भएको गाउँका वासिन्दाहरूका एउटा ठूलो हिस्सा गाउँको रवाफिलो मुखियाको हातबाट शुभारम्भ अनुष्ठान गराउन चाहन्थ्यो भने अर्को समूह सात गाउँको अखडा (वरिपरिका अरु छ गाउँबाट पनि सहज मान्यताप्राप्त) को प्रमुख पहलमान गुरुको बलशाली बाहुबाट शुभारम्भ अनुष्ठान गराउने एकनासले जिकिर गरिरहेको थियो ।

'पुस्ता-दरपुस्ता गाउँ चलाउने महत्त्वपूर्ण अभिभारा पाएका सम्मानीय मुखिया नै गाउँको एकमात्र गण्यमान्य व्यक्ति भएकाले अन्य कसैले अलौकिक ताडको वृक्षको शुभारम्भ अनुष्ठान गर्ने प्रश्न नै उठ्दैन ।' मुखिया पक्षको नरम भाषामा आएको यस्तो कडा भनाइको प्रत्युत्तरमा पहलमान गुरुका खास शिष्यहरूका गर्जन भयो, 'हाम्रा पहलमान गुरु पनि आफ्नो पुरुषार्थको बलले एक होइन, दस हात माथि उक्लेर गाउँको मुख्य मानिस भइसकेकाले गुरुकै हातबाट शुभारम्भ अनुष्ठान गराउनमा कसैले पनि अडंगा लगाएको सहन गर्न सकिंदैन ।'

'पहलमानीको आडमा नशालु पदार्थको अवैध ओसार-पसार गरेर कोही गाउँको मुख्य मानिस हुने हैसियतमा पुग्न सक्दैन भन्ने बुभmनु जरुरी छ, भाइहरू ।' मुखिया पक्षको यो भनाइ असत्य नभएकोले पहलमान पक्षधरहरूका आवाज केही मन्द भयो, 'पहिले मुखियाजीको पनि त्यही काम हो, अहिले भलादमीको चोला लगाएर धर्माचारी हुँदैमा के हुन्छ ? फेरि अन्डा, माछा, मासु, रक्सी त्याग गरेर शाकाहारी पनि बनेका छन् । यस्ता पवित्र पुरुषले नशालु पदार्थमा गनिने ताडको रूखबाट निस्कने ताडीको रसको शुभारम्भ अनुष्ठान गर्न काइदाले मिल्दै-मिल्दैन ।'

प्रभातकालीन ताडी नशा नभएर विशुद्ध फलको रससरह हुने भएकोले सम्माननीय मुखियाले अलौकिक ताडको वृक्षको शुभारम्भ अनुष्ठान गर्न शतप्रतिशत मिल्छ ।' मुखिया पक्षले यस्तो जिरह गर्नासाथ पहलमान गुरुका कठोर दण्ड-बैठक गर्ने कसरती सदनका चेलाचपाटीहरू ताल ठोकेर आआफ्ना आसनबाट उभिएर कराउन थाले, 'सात-सात गाउँका तन्नेरीहरूलाई कुमार्गमा जानबाट रोकेर तन्दुरुस्तीको बाटोमा लगाउने हाम्रा पहलमान गुरुलाई अलौकिक ताडको रूखको शुभारम्भ अनुष्ठान गर्नबाट कसले रोक्नेछ, हामी पनि हेर्नेछौं ।'

कुनै पनि उपाय सिद्ध नभएकोले आखिरीमा परम्परागत 'सिक्का उफ्राइ'बाट यो जटिल द्वन्द्वको समाधान गर्ने अचुक युक्ति, चित आए मुखियाले र पट आए पहलमान गुरुले अलौकिक ताडको वृक्षको शुभारम्भ अनुष्ठान गर्ने, अपनाउने निर्णय गरी एक तटस्थ गाउँले अर्थात् गाउँको गणेश मन्दिरको चाउरी नै चाउरीले लादिएको वयोवृद्ध पुजारीबाट सिक्का उफार्ने कार्य गर्न लगाइयो ।

'नयाँ नेपालको इतिहासको किताब'बाट नाम च्यातिएको सीमावर्ती गाउँको समस्त गाउँले बाल, वृद्ध र बनितामाझ त्यसबखत दुवै सीमावारि र पारि चलनचल्तीमा रहेको बेलायती महारानीको आकृति अंकित कम्पनी मोहर पण्डितको हातबाट हावामा सरर्र माथि, धेरै माथि पुगेर, एउटा लयमा तल जमिनमा आएर बजारियो, तर त्यो न पट अवस्थामा थियो न चित, दुईतिर नखसेर विलकुल स्थिर रूपमा ठाडो भई खडा थियो, कम्पनी मोहर ।

Source: ekantipur
 


शनिवार, २०७० पुस २७ गते १४:०७ / Saturday, Jan 11, 2014 2:07 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: इतिहास
1.   कम्पनी मोहर
2.   ६२ जिल्लामा टेलिकमको इभिडिओ
3.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
4.   स्वस्थ मासु र रमाइलो दसैं
5.   विजयादशमिको पहिलो दिन घटस्थापना
6.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
7.   नर्बेमा मध्यरातमा घाम ?
8.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
9.   इन्टरनेटबाट मितेरी साइनो
10.   वाह् सेक्स टोय
11.   अञ्जूको वियोगान्त कथा
12.   कतारमा मल अफ एसिया
भर्खरै

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न २८५३ सोनाम ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कमा विविध् कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व सम्पन्न गर्यो । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (आईसिसी) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सोसाईटीका अध्यक्ष शान्त बाबु थोकरको सभापत्विमा सम्पन्न भएको हो ।

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम अल्ट्रा धावक मीरा राईलाई जिताउन अमेरिकाको न्यूयोर्कमा एक् कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको हो । नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी मीरा राई यस प्रकारको प्रतियोगिताामा सहभागी हुने पहिलो नेपाली हुन ।

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’ नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क नेपाली संगीत क्षेत्रमा भर्सटायल गायकका रुपमा ख्याती कमाएका राजेश पायल राईले आगामी नोभेम्बर १९ तारिख न्यूयोर्कमा भव्य कार्यक्रम गर्ने भएकाछन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस (ढाका क्लव) मा बेलुकी साँढे आठबजे बाट शूरु हुने कार्यक्रम आईलाई क्रियसनको आयोजनामा सम्पन्न हुन लागेको हो ।

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान नेपाली संघीय समाज अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष समीर मर्हजनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूताबास, न्यूयोर्क लगायत बिभिन्न डेड दर्जन नेपाली संघ/संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न

कलाकार स्मारिका बिमोचित

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझ-२०१६ मा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लिम्बुवान मंच नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ । मंचले हिजो अक्टोबर ३ तारिख अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायका सदस्यहरुको सहभागितामा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

अक्टोबर ७ मा दशैं शुभकामना साँझ

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित भएकाछन् । न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थत हिमालयन याक रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको साधारणसभाले गोपालीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम

अगस्त २८ सम्म टिम दर्ता

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम शेर्पा किदुग अमेरिकाको बाषिर्क खेलकुद कार्यक्रम आगामी सेप्टेम्बर महिनाको ३ र ४ तारिख न्युयोर्कमा सम्पन्न हुने भएको छ । हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबर्षको खेलकुदको तयारी र सहभागिता सम्बन्धी जानकारी गराईएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.