शनिवार, मंसिर ०९ गते, २०७४
Saturday, November 25, 2017
रामकुमारी 'भर्सेस' राज्यलक्ष्मी
-अमित ढकाल

उनीहरुको नामले नै वर्ग बोल्छ। समकालीन नेपालमा रामकुमारी संभ्रान्त परिवारका सदस्यको नाम हुँदैन। त्यसरी नै सामान्य परिवारमा राज्यलक्ष्मी नाम विरलै हुन्छ।

रामकुमारी झाक्री र राज्यलक्ष्मी गोल्छा नेपालको अति सामान्य र अति कुलीन परिवारका प्रतिनिधि पात्र हुन्। झाक्री गुल्मीको अति विकट गाँउमा सामान्य मगर परिवारमा जन्मिइन्। उनको गाउँ म्यालपोखरी सदरमुकाम तम्घासबाट करिब ४० किलोमिटर पश्चिम पर्छ।

गोल्छा भारतको मुम्बईमा जन्मिन्। उनका बाबु बलिउडका कहलिएका र चलेका सिनेमा निर्माता हुन्। नेपालको प्रतिष्ठित व्यापारिक घराना गोल्छा परिवारमा विवाह गरी उनी नेपाल भित्रिईन। पति महेन्द्र गोल्छाको क्यान्सरबाट निधन भएपछि उनी श्रीमानले धानेको व्यापार सम्हाल्छिन्। पार्टीलाई चन्दा दिनुबाहेक उनको राजनीतिमा कुनै साइनो छैन, न सहभागिता नै।

झाक्री सानैदेखि राजनीतिमा संलग्न छिन्। कक्षा ७ मा पढ्दा अखिलको विद्यार्थी राजनीतिसँग नजिकिएकी उनी केही समयपछि नै विद्यालयमा अखिल प्रारम्भिक कमिटी सदस्य भइन्। २०४७ सालमा शुरु गरेको अखिलको राजनीति २०६५ सालमा राष्ट्रिय अध्यक्ष भएर उनले पुरा गरिन्।

२०६१ सालमा राजाले सैनिक कुमार्फत सत्ता हातमा लिँदा ठूला नेताहरु प्राय: सबै जेलमा थिए। राजतन्त्र विरोधी मोर्चा सुरुमा युवा र विद्यार्थीले नै सम्हाले। त्यो मोर्चाको अग्रस्थानमा थिइन् झाक्री। पुलीसको निर्मम लठ्ठी झाक्रीको टाउकोमा बज्र्यो। टाउको फुट्यो। रगतको धारो बग्यो। संघर्षको मोर्चाबाट भागिनन्। डटिरहिन्।

०६२/६३ को राजाको शासनको शान्तिपूर्ण प्रतिरोधकारी युवा 'आइकन' हुन् झाक्री. 

झाक्रीको नाम समानुपातिकको अन्तिम सूचीमा नपरेपछि केहीले रगत बगाउँदैमा सभासद पाइँदैन भने। रगतको मूल्यमा सभासद मागेकी होइनन् झाक्रीले। भोलि सभासदको पुरस्कार आउला भनेर साही शासनको दमन झेलेकी होइनन् उनले। त्यो उनको समर्पण र निष्ठाको राजनीति थियो। हामीले त्यसको अवमूल्यन गर्नु हुन्न।

प्रश्न, उनले सभासद पाइनन् भन्ने होइन, कसले पायो भन्ने पनि हो। रामकुमारी 'भर्सेस' राज्यलक्ष्मी बन्दै गरेको हाम्रो लोकतन्त्रप्रति हामी कति संवेदनशील छौ भन्ने हो । धनीले मात्र चुनाव लड्न सक्ने, धनीले सभासदको पद किन्ने र पार्टीहरुले लिलाम गर्ने विकृति रोक्ने कि नरोक्ने भन्ने हो।

राज्यलक्ष्मी गोल्छाको सभासद बन्ने प्रेरणाको श्रोत के हो थाहा छैन। उनका जेठाजु दीवाकर गोल्छा पहिलो संविधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फका सभासद थिए। गोल्छा परिवार नेपाली कांग्रेसको उहिल्यैदेखिको चन्दादाता हो। परिवारभित्रको आन्तरिक प्रतिष्पर्धा वा ईष्याले उनलाई सभासद बन्ने महत्वकांक्षा कति जाग्यो थाहा छैन।

समानुपातिक तर्फको बन्द सूची बुझाउने क्रममा राज्यलक्ष्मीका जे जस्ता प्रकरणहरु बाहिर आए, त्यसले उनी कुनै पनि मूल्यमा सभासद बन्न चाहन्थिन् भन्ने देखिन्छ।

उनी एमालेको सभासद सूचीमा परेको खबर आयो। ठूलै आर्थिक लेनदेनको हल्ला चल्यो। पछि एकाएक राप्रपा नेपालको सूचीमा पनि उनको नाम आयो। उनले निर्वाचन आयोगलाई चिठ्ठी नै पाठाएर आफू एमालेको समानुपातिक तर्फको सभासद बन्न इच्छुक नरहेको जनाइन्। (हेर्नुहोस यसअघि सेतोपाटीमा प्रकाशित समाचार) एमालेसँग मोलतोल नमिलेको प्रष्टै भयो।

एमालेले भने उनलाई आफ्नो सूचीबाट हटाएन। सायद पछि 'कुरा' मिल्यो। उनले राप्रपा नेपालबाट आफू सभासद नबन्ने जानकारी पठाइन्। के त्यस्तो बाध्यता थियो एमालेलाई, सार्वजनिक रुपमै म तिम्रो पार्टीको सभासद बन्दिन भनेकी राज्यलक्ष्मीलाई सभासद बनाएरै छाड्यो। राकुमारी झाक्रीहरुले न सभासद बन्न पाए, न राज्यलक्ष्मी किन सभासद बन्दै छन् भनेर जानकारी पाए।

राज्यलक्ष्मी हाम्रो लोकतन्त्रमा देखिन थालेको विकृतिको एउटी पात्र मात्र हुन्। दोष भने उनको होइन। सभासद पद बिक्रिमा थियो उनले किनिन्। धेरै पार्टीले  राज्यलक्ष्मीहरुलाई सभासद् पद बेचेका छन् ।

व्यापारीहरु राजनीतिमा आउनैहुन्न भन्ने होइन। स्वच्छ व्यवसाय गरेर धन कमाउने र व्यवसाय बढाउनेहरु समाजका सबैभन्दा आँटी र 'इन्टेलिजेन्ट' मानिस लाग्छन् मलाई। कुन व्यवसाय चल्छ भनेर ठम्याउनु, त्यसमा पुँजी लगानी गर्नु र रोजगारी सिर्जना गर्नु र अर्थतन्त्रमा योगदान गर्नु सानो जोखिम, बुद्धि र शिपको कुरा होइन। एउटा स्वच्छ व्यापारी सफल भयो भने त्यसले अन्ततः समाज र अर्थतन्त्रलाई योगदान गर्छ। असफल भयो भने त्यसको भार र पीडा आफू एक्लै बोक्छ ।

त्यसैले राम्रा व्यापारीलाई राजनीतिमा, अर्थनीतिमा योगदान दिन सभासद् बनाउनु हुन्न भन्ने होइन। सभासदको पद बिक्री गर्न हुन्न भन्नेमात्र हो। व्यापारीले पैसाको भरमा सभासद पद किन्न पाउँदैन भन्ने हो। पार्टी र पार्टीका सीमित नेतालाई चन्दा दिएकै भरमा सभासद बन्ने र राज्यबाट अनुचित लाभ लिने ठाउँ हुनुहुन्न भन्ने हो।

राज्यलक्ष्मी प्रकरणले हाम्रो लोकतन्त्रमा दुईवटा सुधारको टड्कारो खाँचो औँल्याएको छ - पहिलो, राजनीतिक पार्टीहरुले उठाउने चन्दा र उनीहरुको आर्थिक पारदर्शिता विषयको। दोस्रो, समानुपातिक निर्वाचन प्रणालीमा सुधारको।

लोकतन्त्रसँगै एउटा चुनौती जोडिएर आउँछ– दलीय प्रतिष्पर्धामा पैसा चाहिन्छ। त्यसमा अन्यथा मान्नुपर्ने कुरै छैन। प्रश्न राजनीतिक पार्टीहरुले पैसा वैधानिक स्रोतबाट कसरी उठाउँछन् र त्यो पारदर्शी ढंगले खर्च गर्छन् कि गर्दैनन् भन्ने हो।

अमेरिकामा राष्ट्रपति बाराक ओबामाले चुनावमा जाँदा नागरिकहरुसँग पाँच डलर, दस डलर पनि चन्दा माग्छन्। नागरिकहरुले पनि दिन्छन्। चन्दाको हिसाबकिताब पूर्ण पारदर्सी हुन्छ।

दिल्लीमा आम आद्मी पार्टीका नव नियुक्त मूख्यमन्त्री अरविन्द्र

केजरीवालले आफ्नो पार्टीले उठाएको एक रुपैयाँ चन्दाको पनि हिसाब इन्टरनेटमा राखेका छन्। उनले कांग्रेस आई र विजेपीले चन्दामा उठाएको २० अर्ब र सात अर्बको हिसाबकिताब सार्वजनिक गर्न चुनौती दिएका छन्।

भ्रष्टाचारमा लिप्त पार्टी र नेताहरुले वैधानिक ढंगबाट पैसा उठाउने र पारदर्शी हिसाबले खर्च गर्ने चासो र आँट राख्दैनन्। हाम्रा नेताहरुले पनि त्यसरी चन्दा माग्ने आँट गरेका छैनन्। त्यो नैतिक साहस उनीहरुमा देखिन्न। हामी नागरिकहरु पनि भ्रष्ट नेताहरुलाई किन चन्दा दिने भन्छौँ। अनि भ्रष्ट राजनीति र भ्रष्टाचारको दुष्चक्र चलिरहन्छ। हामीले यो दुष्चक्र तोड्ने हो।

राजनीतिक दलहरुको आर्थिक पारदर्शिता हाम्रो लोकतान्त्रिक शासन व्यवस्थाको सुधारको पहिलो सर्त हो।

राज्य र नागरिकहरुको पनि राजनीतिक पार्टीहरुप्रति दायित्व हुन्छ। राज्य र आम नागरिकहरुले पनि राजनीतिक पार्टीहरुलाई आर्थिक रुपमा सहयोग गर्नु पर्छ । नागरिकहरुले फुट्या कौडी नदिने, व्यापारीले मात्र अपारदर्शी ढंगले करोड–करोड दिने, अनि राजनीतिक पार्टीहरु आम नागरिकको नियन्त्रणमा भएनन् भन्ने अरण्यरोदनले मात्र विकृति हट्दैन

समानुपातिक निर्वाचन प्रणालीको सुधार अर्को जरुरी मुद्दा भएको छ। समावेशी लोकतन्त्रका लागि हामीले मिश्रित निर्वाचन प्रणाली अपनाएका हौ। हाम्रो संसद धेरै हदसम्म समावेशी भएको छ। संसदमा राष्ट्र प्रतिविम्बित भएको छ।

तर, यसले धान्नै नसक्ने विकृति ल्याएको छ। समानुपातिक निर्वाचन प्रणाली केही नेताहरुका लागि अनुचित आर्थिक लाभ लिने बाटो भएको छ। लगभग सबै पार्टीका प्रमुख नेताहरुबीच पैसा लिएर कैयौं मानिसलाई सभासद बनाएका छन्। दर्जनौ नेताहरुले आफ्ना श्रीमती, छोरा, बुहारी, भान्जा, भान्जीलाई सभासद बनाएका छन्।

समानुपातिकका नाममा नेताहरुले आफूलाई कहिल्यै प्रश्न नगर्ने गोजीका कार्यकर्तालाई संविधानसभामा भर्ने मौका पाएका छन्। रुपमा तिनले विभिन्न जातजातिको प्रतिनिधित्व गर्लान्। सारमा भने तिनको 'लोयल्टी' आफूलाई 'ताननीय' बनाउने शेरबहादुर, सुशील, माधव, केपी, वामदेव, प्रचण्ड, भट्टराई, गच्छदार र ठाकुरहरुसँग रहन्छ।

तिनले आफ्नो समूदायको खास प्रतिनिधित्व गर्दैनन्। यसको अर्थ समानुपातिक प्रणाली खारेज नै गर्नुपर्छ भन्ने होइन। समावेशिता चाहिन्न भन्ने होइन। सुधार आवश्यक छ भन्ने मूल कुरा हो।

कांग्रेसका युवानेता गगन थापाले एकपटक एउटा रोचक प्रसंग सुनाए -भारतमा सभासदहरुको 'डेलिगेसन' गएको बेला त्यहाँ उपस्थित अनुहारहरुको प्रशंसा गर्दै एक कर्मचारीले भने रे, 'तिम्रो देशका सांसदहरु कति सामान्य पृष्ठभूमिबाट आएका। तिम्रो समाज सांसदहरुमा प्रतिविम्वित रहेछ अझै। भारतमा सामान्य मानिस सांसद हुन असम्भव भइसक्यो।'

नेपालमा २००७ सालदेखि अहिलेसम्म भएका सम्पूर्ण राजनीतिक परिवर्तनहरुको वाहक समाजिक र राजनीतिक सुधारको चेत भएका मध्यम तथा न्यूनमध्यम वर्गीय परिवार हुन्। राजनीतिलाई उनीहरुको पहुँचबाहिर बनाउनु हुन्न। त्यसका लागि

राज्यलक्ष्मी भर्सेस रामकुमारीको प्रतिष्पर्धामा रामकुमारीहरुले जित्नुपर्छ। 


शुक्रवार, २०७० पुस २६ गते २०:१९ / Friday, Jan 10, 2014 8:19 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)
2.   नेपालमा महाभूकम्प
3.   एनआरएन अमेरिकाको चुनाव
4.   नेपालका लागि अमेरिकी राजद्तमा तेप्लिज मनाेनित
5.   काठमाडाैं पुग्याे एग्रिमो
6.   क्रसरोडमा एमाले
7.   न्युयोर्कमा भोटिंग बुथ होइन, नोटरी पब्लिक सेवा सुचारु
8.   न्युयोर्कमा भोटिंग बुथ होइन, नोटरी पब्लिक सेवा सुचारु
9.   एनआरएन, अमेरिकाको चुनावमा मतदान जारी, शुक्रबार बिहानसम्ममा ३५ प्रतिशत अनलाईन मत खस्यो
10.   रिज्उडमा दोस्रो सप्ताहव्यापी महायज्ञ हुँदै,
11.   न्युयोर्कमा ६१ औं सगरमाथा दिवस सम्पन्न
12.   सुशीलको सम्पत्ति (विचार)
13.   दिलशोभा प्रकरण परोपकारी पत्रकारिताको चरम दुरुपयोग
14.   रामकुमारी 'भर्सेस' राज्यलक्ष्मी
15.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
16.   निवार्चनका कारण विदेश जाने घटे
17.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
18.   भारतको कार्यवाहक राजदुतमा ढकाल
19.   ३३ दलद्धारा कात्तिक २५ गते आमहडताल तथा मंशिर ५ सम्म यातायात बन्दको घोषणा
20.   चितवन युवा समूहको साधारणसभा
21.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
22.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
23.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
24.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
25.   एनआरएन अध्यक्षमा ३ को उम्मेदवारी फिर्ता घले र शेर्पा भिडने
Results 50: You are at page 1 of 2
1 2 Next Last
भर्खरै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.