शुक्रवार, माघ ०७ गते, २०७३
Friday, January 20, 2017
समानुपातिक महात्म्य
-प्रतीक प्रधान

संविधान सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा जति आश्चर्यजनक भयो त्यसभन्दा धेरै नाटकीय र मनोरञ्जक भयो समानुपातिक सदस्यको छनोट प्रक्रिया। समानुपातिक निर्वाचन जुन उद्देश्य र महत्वका लागि हुनुपर्थ्यो त्यसको ठ्याक्कै उल्टो भयो। समानुपातिकमा ल्याइनुपर्ने उमेदवार ल्याइएनन्। नल्याइनुपर्नेको भिड लाग्यो। कसैले ठीकै भनेछन्– यो निर्वाचन समानुपातिक होइन, नेतानुपातिक, दामानुपातिक, प्रेमानुपातिक र नातानुपातिक भएको छ। वास्तवमा हरेक दलको निर्वाचनको अन्तिम नामावली बुझाउने बेलामा समानुपातिक नामावली होइन, अन्यनुपातिक नामावली बुझाइयो। 
नेपाली कांग्रेस र नेकपा (एमाले)ले बुझाएको नामावली मूलतः नेतानुपातिक बन्यो। नेपाली कांग्रेसमा सुशील कोइरालाको अनुपात ६० प्रतिशत र शेरबहादुर देउवाको ४० प्रतिशत भन्ने स्थापित भयो। अर्थात् नेताहरुमा यो निर्वाचनले एउटा अनुपात सिर्जना गरेको छ। यो अनुपातको विषालु असर बिस्तारै देखिँदै जानेछ विशेषतः देउवाका लागि। आउँदो महाधिवेशनमा संस्थापन पक्षबाट पदाधिकारीको चुनावमा टिकट पाउनेले साठी प्रतिशत मत पाउने र विपक्षी समूहले चालीसमात्र पाउने नियम नै बन्नसक्ने देखिन्छ। त्यसैले अहिले नेपाली कांग्रेसमा देखिएको नेतानुपातिक बाँडफाँटले नेपाली कांग्रेसलाई दुई मोर्चामा विभक्त गरेको छ। नेपाली कांग्रेसमात्र हैन, सबै राजनीतिक दलहरू एउटा सिंगो दलभन्दा केही समूह मिलेर बनेको मोर्चामा परिणत भएका छन्।
संविधान सभाको निर्वाचनले दोस्रो ठूलो दलका रूपमा स्थापित गरेको एमालेमा पनि नेतानुपातिक चयन धेरै भयो। झलनाथ खनाल र माधवकुमार नेपालको समूहले केपी ओली समूहलाई कांग्रेसमा देउवालाई भन्दा कमजोर बनाएका छन्। तर कांग्रेस र एमाले दुवै दलमा अलिअलि प्रेमिकालाई विशेष स्थान दिइयो भन्ने आरोप लागेको छ। महिला कोटामा त्यागी, इमानदार र स्वच्छ छवि भएकाभन्दा आफ्ना नजिकका साथी, प्रेमिका र कतिपय आरोप त \\\\\\\'ओछ्यान तताउनसक्ने\\\\\\\' लाई सभासद् बाँडियो भन्नेछ। दामानुपातिकका विषयमा नेपाली कांग्रेसले अन्तिम समयमा आएर कसैलाई पनि स्थान दिएन। बजारमा सुनिएअनुसार कांगे्रसले उनीहरुलाई लगानी फिर्ता दिने वचनसमेत दिएको छ। जे होस्, अन्तिम समयमा कांग्रेसमा कार्यकर्ताको दबाबले दामानुपातिक काम रोकियो तर एमाले भने दामानुपातिकको विवादमा अल्‰यो। कतिपय लामो संघर्ष र त्याग भएका नेता/नेतृलाई बेवास्ता गर्दै एमालेले दाम बुझाउने व्यापारिक घरानालाई सभासद्को पदले सम्मानित गर्योा।
नेताअनुसार स्थान विभाजन अर्थात् नेतानुपातिकको विषयले एनेकपा (माओवादी)मा ठूलै खैलाबैला मच्चायो। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल \\\\\\\'प्रचण्ड\\\\\\\'ले समानुपातिक सदस्य चयन गर्दा दलको उपल्लो स्तरको नेतृत्वमा छलफल गर्न आवश्यक नै ठानेनन्। डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ नजिकका कार्यकर्तालाई सभासद् बनायो भने पुनः धोबीघाट काण्ड दोहोरिने डरले प्रचण्डले कसैलाई मौकै दिएनन्। धोबीघाटमा भएको बाबुराम भट्टराई र मोहन वैद्यबीचको समझदारीले प्रचण्डको इच्छाविपरीत डा. भट्टराईलाई एमाओवादीको प्रधानमन्त्रीको उमेदवार बनाएको थियो। मधेसी दलहरुको सहयोगमा सबैलाई आश्चर्यचकित पार्दै २०६८ सालमा डा. भट्टराई प्रधानमन्त्री बन्न सफल भएका थिए। विगतको तीतो अनुभव सम्झँदै दाहालले यसपल्ट सम्पूर्ण नामावलीमा एकछत्र कब्जा जमाए। हुन त व्यक्तिगत र सर्वसत्तावादमा विश्वास गर्ने भट्टराई र श्रेष्ठले प्रचण्डको एकमना सूचीमा धेरै रुवावासी गर्नु नपर्ने हो। तर आफ्नो भाग नपाएकामा यी दुई नेता एमाओवादीलाई दोस्रो पटक फुटाउने सुरमा छन्।
समानुपातिक सूचीमा नातानुपातिक प्रक्रियाले सबैभन्दा ठूलो झट्का राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई पर्योन। कसैको छोरा, कसैको बुहारीआदि भरेर कमल थापाले बुझाएको सूचीलाई उनको दलका अन्य नेताले पचाउन सकेनन् र विद्रोह नै गरे। टंक ढकालको नेतृत्वमा नेपाली राप्रपा स्थापना गर्ने धम्की दिएका विद्रोहीहरुलाई अन्तिम समयमा आएर थामथुम पार्न कमल थापा सफल भएका छन्। विद्रोहीका नेता टंक ढकाललाई फकाइफुल्याई कमल थापाले अरुमाथि सख्त कारबाही गरेका छन्। राप्रपा नेपाल फुट्ने संघारमा पुगेको छ र यो फुट्छ भन्नेहरुको तर्क के छ भने कमल थापाले निर्वाचनका क्रममा संवैधानिक राजतन्त्रलाई प्रचार गरेनन् र धर्मसापेक्षताको आडमा केही स्थान जित्न सफल भए। तर राजतन्त्रका हिमायतीलाई यो कुरा मन परेको छैन र उनीहरु राजतन्त्रको एजेन्डामा राप्रपा नेपाल नआए नेपाली राप्रपा खोल्न उद्यत छन्। टंक ढकाल अहिले कमल थापासँगै बस्नु पनि उनलाई संवैधानिक राजतन्त्रमा दबाब दिनका लागि हो भन्ने बुझिँदैछ। त्यसो भएन भने टंक ढकालले एकपल्ट फेरि राप्रपा नेपाललाई टुक्र्याउने आंकलन गर्न सकिन्छ।
दामानुपातिकमा सबैभन्दा पहिलो स्थानमा विजय गच्छदारको दल फोरम लोकतान्त्रिक देखिएको छ। गच्छदारले दाम चढाउनेहरुलाई सबैभन्दा बढी सम्मान दिएका छन्। फोरम लोकतान्त्रिकमा मधेसीभन्दा गैरमधेसी व्यक्तिले लगानी गरेका रहेछन् र उनीहरुले भने लगानीको प्रतिफल पाएका छन्।
संविधान सभाको समानुपातिकको सूचीमा यसपल्ट सबैभन्दा टड्कारो देखिएको प्रवृत्ति नातानुपातिक पनि हो। राप्रपा नेपाल नातानुपातिकमा अगाडि देखिए पनि आफ्नै पत्नीलाई समानुपातिक सभासद् बनाउन मधेसी दल धेरै अघि देखिए। तीन वटा साना मधेसी दलका अध्यक्षले आआफ्ना श्रीमतीलाई संविधान सभामा आफ्नो प्रतिनिधिका रूपमा स्थापित गरे। आफूहरु प्रत्यक्ष निर्वाचनमा पराजित भएपश्चात् उनीहरुका लागि संविधान सभामा आफ्नो वर्चश्व कायम राख्न यो अचुक अस्त्र साबित भयो। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अर्धांगिनी सहिलदेवीलाई, संघीय सद्भावनाका अध्यक्ष अनिलकुमार झाले धर्मपत्नी डिम्पललाई तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले श्रीमती सरितालाई सभासद् नियुक्त गरेका छन्। झा र यादवको दलले प्रत्यक्षतर्फ एकै सिट पनि जित्न सकेनन् भने समानुपातिकमा जितेको सिटमा पनि आ–आफ्ना श्रीमतीलाई मनोनयन गरेका छन्। महतोले भने प्रत्यक्षमा एक र समानुपातिकमा पाँच सिट जितेका छन्। मधेसी दलको यो कार्यलाई रावडीकरण पनि भनिएको छ। किनभने बिहारका लालुप्रसाद यादवले आफू जेल जाँदा श्रीमतीलाई मुख्यमन्त्री बनाएका थिए। कांग्रेस र एमालेमा पनि नेता पत्नी सभासद् भएका छन् तर तिनका पति निर्वाचनमा विजयी भएकाले यो कुराले त्यति चर्चा पाएन।
अब के गर्ने?
यसपल्टको समानुपातिक सूचीमा देखिएको विसंगतिले जनमानसप्रति वितृष्णा जन्माएको छ। यसरी समानुपातिकमा ठूला नेताका चम्चा, दलाल, पुँजीपति, गर्लफ्रेन्ड र श्रीमतीको हालिमुहाली हुने हो भने किन चाहियो समानुपातिक सिट भन्ने प्रश्न ज्वलन्त अगाडि आएको हो। तर के समानुपातिक चाहिँदैन? वास्तवमा समानुपातिक निर्वाचन देशका लागि गलत होइन। अहिले नेपालले अवलम्बन गरेको मिश्रित निर्वाचन पद्धति विश्व राजनीतिमा देखिएकामध्ये सबैभन्दा लोकतान्त्रिक विधि हो। सबैभन्दा धेरै मत पाउने व्यक्तिले प्रतिनिधित्व गर्ने व्यवस्था अर्थात् \\\\\\\'फस्ट पास्ट द पोस्ट\\\\\\\' जसलाई हामी प्रत्यक्ष निर्वाचित भन्छौं, त्यसले मात्र उदार लोकतन्त्रको प्रत्याभूति गर्दैन। समानुपातिक व्यवस्थाले छरिएर रहेको विचारलाई समेट्न मद्दत गर्छ। जस्तो वातावरणप्रति सजग समूह देशभर फैलिएका छन् र कुनै एक स्थानबाट उनीहरुले जित्न सक्दैनन् भने प्रत्यक्षमा तिनको प्रतिनिधित्व हुने सम्भावनै हुँदैन। जबकि समानुपातिकमा सबैतिर छरिएको मत एक ठाउँमा आएर उनीहरुको व्यवस्थापिकामा आवाज पुग्छ।
नेपालको परिप्रेक्ष्यमा समानुपातिकमा ५८ प्रतिशत र प्रत्यक्षमा ४२ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरिएको छ जुन न्यायसंगत देखिन्न। वास्तवमा यो मात्रा ठ्याक्कै उल्टो हुनु् तर्कसंगत देखिन्छ। अर्थात् प्रत्यक्षमा साठी प्रतिशत र समानुपातिकमा चालीस प्रतिशतको प्रतिनिधित्व हुनु स्वाभाविक देखिन्छ।
नेपालको वर्तमान समानुपातिक व्यवस्थामा देखिएका अनेकौं समस्या खुला सूचीले ल्याएको हो। खुला सूची भन्नाले सबै राजनीतिक दलले निर्वाचन आयोगमा निर्वाचनपूर्व बुझाएको बढीमा ३३५ व्यक्तिको नामावली हो, जसबाट दलहरुले आफ्नो मतको परिणामअनुसार स्वतन्त्ररूपले अन्तिम नामावली छान्न पाउँछन्। यसले गर्दा ३३५ मध्ये कुनै दलले २० वटा सिट पाउने भयो भने त्यस दलले कुनै पनि २० व्यक्ति छान्न पाउँछ। यो प्रक्रियालाई केवल एउटै व्यवधान खडा गरिएको छ, जुन हो– महिलाको ५० प्रतिशत सहभागिता र मधेसी जनजाति, पिछडिएका वर्गको तोकिएको मापदण्ड। तर यी मापदण्डले पनि नेतृत्वलाई व्यापारी, नातेदार र प्रेमिका छान्न रोक्न सकेन त।
अब हुने निर्वाचनमा समानुपातिकको प्रतिनिधित्व बन्द सूचीबाट हुने व्यवस्था गरियो भने यो समस्याबाट मुक्ति मिल्न सक्छ। बन्द सूचीमा दलहरुले उपल्लो नामबाट सभासद् तोक्न पाउँछन् सबै ३३५ बाट, यताउता गर्न पाउन्नन्। अर्थात् कुनै दलले ६० समानुपातिक सिट पायो भने उसले बुझाएको सूचीको पहिलो नम्बरदेखि ६० नम्बरसम्मका व्यक्ति स्वतः सभासद् बन्न सक्छन्। यसमा महिलाको प्रतिनिधित्व प्रत्याभूत गर्न हरेक बिजोर नम्बर महिला नै हुनुपर्ने व्यवस्था गर्योन भने ५० प्रतिशत महिला सभासद् स्वतः पर्छन्। अन्य पिछडिएका, दलित आदिका हकमा जुन दलले त्यस्ता समूहको व्यक्तिको नाम माथि राख्छ, त्यसै दललाई उक्त समूहले मतदान गर्नेछन्। समानुपातिकमा १०० सिट पाउन सक्ने दलले दलित, मधेसी, पिछडिएका वर्गबाट ८०, ९० भन्दा पछाडि राख्छ भने तिनले त्यस्तो वर्गको मत पनि पाउन्नन्।
त्यसैले समानुपातिकमा अहिले देखिएको प्रवृत्ति अन्त्य गर्न समानुपातिक निर्वाचन प्रणाली नै खारेज गर्नुपर्छ भन्ने विचार सही होइन। केवल समानुपातिकको प्रतिनिधित्व हुने प्रक्रियामा परिवर्तन गरे पुग्छ।
 
 
Souce: Nagarik News


शुक्रवार, २०७० पुस २६ गते १९:५६ / Friday, Jan 10, 2014 7:56 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विचार / अभिव्यक्ति
1.   महाथिर मन्त्र - भालुलाई पुराण
2.   लिम्बुवान सेरोफेरो राजतन्त्रको अन्त्य
3.   राष्ट्रियतामा संकट
4.   समानुपातिक महात्म्य
भर्खरै

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम अल्ट्रा धावक मीरा राईलाई जिताउन अमेरिकाको न्यूयोर्कमा एक् कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको हो । नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी मीरा राई यस प्रकारको प्रतियोगिताामा सहभागी हुने पहिलो नेपाली हुन ।

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’ नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क नेपाली संगीत क्षेत्रमा भर्सटायल गायकका रुपमा ख्याती कमाएका राजेश पायल राईले आगामी नोभेम्बर १९ तारिख न्यूयोर्कमा भव्य कार्यक्रम गर्ने भएकाछन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस (ढाका क्लव) मा बेलुकी साँढे आठबजे बाट शूरु हुने कार्यक्रम आईलाई क्रियसनको आयोजनामा सम्पन्न हुन लागेको हो ।

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान नेपाली संघीय समाज अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष समीर मर्हजनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूताबास, न्यूयोर्क लगायत बिभिन्न डेड दर्जन नेपाली संघ/संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न

कलाकार स्मारिका बिमोचित

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझ-२०१६ मा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लिम्बुवान मंच नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ । मंचले हिजो अक्टोबर ३ तारिख अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायका सदस्यहरुको सहभागितामा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

अक्टोबर ७ मा दशैं शुभकामना साँझ

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित भएकाछन् । न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थत हिमालयन याक रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको साधारणसभाले गोपालीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम

अगस्त २८ सम्म टिम दर्ता

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम शेर्पा किदुग अमेरिकाको बाषिर्क खेलकुद कार्यक्रम आगामी सेप्टेम्बर महिनाको ३ र ४ तारिख न्युयोर्कमा सम्पन्न हुने भएको छ । हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबर्षको खेलकुदको तयारी र सहभागिता सम्बन्धी जानकारी गराईएको थियो ।

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी

नेपालबाट सुबास नेम्बाङ्ग प्रमुख अतिथीको रुपमा आउँदै

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी अमेरिकाको न्युजर्सी राज्यमा सम्पन्न हुन लागेको एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ । सम्मेलनकै अन्तिम तयारीको विषयमा जानकारी गराउने उद्देश्यले हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रम मार्फत उक्त जानकारी गराईएको होे ।

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि गायक गम्बु शेर्पाले गीत/संगीतबाट जे जत्ति अर्थ जगेडा गरेकाछन, त्यो सबै सामाजिक सेवामा लगानी गर्दै आएकाछन् । शेर्पाले हालसालै बिभिन्न ५ देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेर संकलित ८ लाख ६७ हजार ८ सय पच्चिस रुपैया अनाथ बालबालिकाहरुको लागि सहयोग रकम जुटाएका छन् ।

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा अमेरिकाको न्युजर्सीमा सम्पन्न हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले बताएको छ । अगस्ट २७ र २८ तारिख सम्पन्न हुने संघको उक्त सम्मेलनलाई “भिजन २०–२० एण्ड बियोण्ड” नारासहित बिशेष रुपमा आयोजना गर्न लागिएको हो ।

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त थोकरको उम्मेद्वारी

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त थोकरको उम्मेद्वारी तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त बाबु थोकरले उम्मेदवारी दिने घोषणा गरेकाछन् । थोकरले आज न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत उक्त जानकारी गराएका हुन् । सोसाईटीको आठौं अधिवेसन आगामी अगस्ट महिनाको २८ तारिख न्युयोर्कमा सम्पन्न हुँदैछ ।

दाहाल नेपालको ३९ औ प्रधानमन्त्रीमा निर्वाचित

दाहालको पक्षमा ३६३ मत र विपक्षमा २१० मत

दाहाल नेपालको ३९ औ  प्रधानमन्त्रीमा निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरी कार्यभार सम्हाल्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् ।

न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा

न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा बरिष्ठ गायक एवं संगीतकार अम्बर गुरुङको तेह्रौ पूण्यतिथिको अवसरमा अमेरिकाको न्युयोर्कमा श्रद्धाञ्जली सभाको आयोजना गरियो । नेपाली अमेरिकन कलाकार संघद्धारा आयोजित उक्त कार्यक्रममा बिभिन्न कलाकारहरुले गुरुङका अमर-अजर सिर्जनाहरु प्रस्तुत गरे ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.