विहिवार, आश्विन ०५ गते, २०७४
Thursday, September 21, 2017
कथाः रक्सी पिएको रात
विपुल पोख्रेल

बेलुका भैसकेको थियो। हुन त त्यो समयमा साउनीको होटेलमा मैले धेरै पटक चिया खाइसकेको थिए। असाध्य मिठो लाग्छ उनको हातको चिया मलाई। सुकमेलका गेडालाई धुलो बनाएर हालेकी हुन्छिन् चियामा। घरमा खाएको भन्दा फरक लागेर हो की अथवा साच्चिकै सुकमेल हाल्दा चिया मिठो नै हुन्छ? मलाई थाहा छैन। 
 
घरबाट अफिस अनी बजार गएकोबेला दिनमा ४/५ पटक साउनीको चिया खाने गर्छु। कुनै दिन छुट्यो भने दिन नै अपूर्ण झै लाग्छ। म कुनै दिन त्यहाँ गएन भने भोली पल्ट उनले ‘किन नआएको?’ भनेर सोध्ने गर्छिन। मलाई यो सवालको जवाफ दिन भन्दा पनि समय निकालेर दैनिक त्यहाँको चियाँ पिउन जान मन लाग्छ। उनले अरु कसैलाई त्यसरी सोधेको मलाई जानकारी छैन। यो आधारमा उनले पनि मलाई खोज्छिन् भन्न पनि सक्छु म। तर किन खोज्छिन भन्ने सवालको जवाफ मसँग छैन। म पनि किन उनको होटेलमा उपस्थित हुन प्रयत्न गर्ने गर्छु भन्ने कुराको जवाफ पनि मसँग छैन। 
 
चना, अण्डा, आलु अनि राँगाको सुकुटीको आइटम पनि बेच्छिन् साउनीले। उनका ग्राहक भनेका चिया खान र तिनै सित्तनसंग रक्सिखान आउनेहरु नै हुन्। उनि बिहान देखी बेलुकासम्म चिया, अनी अलि अँधेरो हुनथाल्यो भने रक्सि पुराउन पुरै व्यस्त हुन्छिन। भित्रको कोठामा एउटा टेवल र दुइबटा बेञ्च छन्, अनी काउण्टर नेर (काउण्टर भनु की किचेन, संगै छ)  दुई वटा टेवल र ४ वटा बेञ्च। यती फर्निचरमा अट्ने मानिसमात्र उनका ग्राहक हुन्छन् एक पटकमा। मध्यान्न केही घण्टा बाहेक अरु सबैबेला ‘हाउसफूल’ नै हुन्छ उनको होटेल। उभिएर चियाँ पिउने पनि हुन्छन्, अनी कोही उठे भने रक्सि खाउँला भनेर कुर्नेहरु पनि हुन्छन्। 
 
साउनीको जाँगर देखेर म छक्क नै पर्छु। ‘कुक’, ‘वेटर’, ‘क्यासिएर’ मात्र होइन, भाँडा सफा गर्ने भूमिका पनि उनि एक्लैले गरिरहेकी हुन्छिन्। उनका श्रीमान छैनन्। मैले सोध्दा पनि उनले भनेकी छैनन्। एक पटक मैले सोध्दा उनले प्रसंग बदलेर फिस्स हाँस्दै भनेकी थिइन, ‘तपाईको जुँगा कति राम्रो छ है।’ आफ्नो श्रीमानका बारेमा भन्न नचाहेको रुपमा बुझे मैले, त्यसपछि कोट्याएर सोध्नेकुरा पनि भएन।  एउटा छोरा र एउटी छोरी नेपाल प्रहरीको जवान छन्। ठूली छोरीको बिहे भैसकेको छ। ठूलीछोरी तर्फकी एउटी ५ बर्ष उमेर जतिकी नातिनी नै उनको साथी हो। हजुरआमाको व्यस्तता राम्ररी बुझेकी छिन् ति नातिनिले। त्यसैले उनी आफै खेलिरहेकी हुन्छिन सधै। कहिलेकाही आफ्नो पछाडी बोकेर पटुकाले बाँधेकी हुन्छिन्। तर, नातिनीले हजुरआमालाई ‘डिष्टर्ब’ गरेको मैले एक बर्षमा देखेको छैन। 
 
साउनीको होटेलमा चिया पिउन थालेको एक बर्ष भएछ। उनको होटेमा पाइने रक्सी बाहेक सबै कुरा चाखेको छु। अत्यन्त मेहेनती र मिठो हात छ उनको। तारिफ योग्य हातहरु। 
 
त्यति बेलुका म चिया पिउन गएको त्यो दिन पहिलो पटक भने थिएन। मसंग त्यो दिन मालपोत कार्यालयमा काम गर्ने एकजना मित्र पनि थिए। उनी यो होटेलमा पहिलो पटक आएका हुन्। मेरो स्कूले जिवनका सहपाठी हुन उनी। कुनै बिषेश प्लान त होइन, तैपनि धेरैका भेट भएकाले खाजा खाने गरी त्यहाँ गएका थियौ। म उस्तै थिए, दिन उस्तै थियो, बेलुका उस्तै थियो,  साउनी उस्तै थिइन, होटेल उस्तै थियो, केही बिशेष थिएन आज। बाँस र माटो बाहेक अरु कुनै कुराको प्रयोग नगरिएको भित्तैभित्ताको होटेल छ त्यो। आज दुईजना मित्रहरु जुटेर त्यहाँ भित्र छिरियो। भित्रको टेवलमा बसेर गफ शुरु भए। उसले होटेलकै बारेमा साध्यो। 
 
‘मैले चिया पिउने होटेल हो यो, अरु खास केही होइन।’
 
‘अलि ‘स्ट्याण्डर्ड’ होटेलमा लगेको भए’नी हुने’
 
‘होटेलमा खाने हो, बहुत मिठो र सफा हुन्छ यहाँ’
 
‘तै पनि, अरुले देख्दा पनि झुप्रोमा पसे भन्छन् नी’ उसले ‘स्ट्याटस’ सम्झाउन थाल्यो। 
 
मैले उसको कुरामा ध्यान दिएन। साउनीले राँगाको सुकुटी खुब मिठो पकाउछिन् भन्ने सूचना दिए बरु। 
 
उ नपत्याएको सन्देश दिने गरी फिस्स हाँस्यो। 
 
‘‘बढी दुकान फिकी पकवान, छोटी दुकान मिठि पकवान’  भन्ने हिन्दी उखान अब सार्थक हुनेछ, तिम्रा लागि यहाँ, खाइ त हेर’ मैले भने। 
 
अनी सुकुटी ‘अर्डर’ भयो। एक छिनमा साउनीले सुकुटी ल्याइन। सुकुटीको ‘टेस्ट’ लिए पछि उ हास्यो र ‘मिठो रहेछ’ भन्ने प्रतिक्रिया दियो पनि। उ अलि अलि रक्सी पनि खान्छ। म नखाने। आज उसले मलाई कर गर्दै छ। 
 
‘४० बर्ष काटीसकेपछी त खाँदा केही हुँदैन, हल्का शुरु गर्दा हुन्छ’
 
‘अलि ‘स्ट्याण्डर’ ठाँउमा खाँउला नी’ मैले उसको प्रस्तावलाई पन्छाउदै भने। 
 
‘सिक्ने यस्तैमा हो, अरु कोही छैन, हल्का लिदाँ केही हुँदैन’
 
‘मलाई कसरी खान्छन् भन्ने नी थाहा छैन, खाएर के हुने हो, त्यो पनि थाहा छैन’ म पन्छिन लागे। तर उसले निकै कर लगायो। नाइ भन्न नसक्ने मेरो कमजोरीको उसले फाइदा उठायो आज। म ‘रक्सी पिउन’ सहमत भए। 
 
हाम्रो सल्लाह साउनीलाई थाहा छैन। मैले गिलास टेवुलमा ट्वाक ट्वाक पारे। उनी आइन। हामीले केही भन्नुभन्दा पहिलेनै उनी बोलिन् ‘अरु केही ल्याउने हो की सरहरुलाई, रक्सी खानुहुन्छ भनेर सोध्न पनि गाह्रो, कस्तो व्यवसाय गरिएछ भन्ने लाग्छ कहिलेकाँही त’ 
 
साउनीले यति भनेपछी उनले ढिलो ‘सर्भिस’ गरेको गुनासो गर्ने ठाँउ पनि भएन। मलाई के भन्ने के भन्ने झै भयो। अनी अनायास मुखबाट निस्कियो ‘साथीले खाने मन गरेका छन्, ल्याइदिनुस् न त’
 
‘के , कति ल्याम् सर?’ उनले बल्ल खुलेर सोधीन्। मैले के कती भन्न जान्ने कुरा थिएन। मित्रको मुखमा हेरे।
 
‘जीन ल्याउनुस, क्वाटरमा’ मित्रको आदेशात्मक आवाज निक्कियो। 
 
यतिबेला साउनी ‘वेटर’को भूमिकामा थिइन र यो भूमिका राम्रोसंग निभाइन। मेरा मित्रले ‘प्याक’ बनाए। ‘चेयर्स’ गरी चुस्कि लिन थाल्यौं। 
 
गिलासमा आज रक्सी छ। त्यै टेबुल हो, जहाँ हरेक पटकको बसाइँमा चियाको गिलास हुन्थ्यो। तर आज त्यो फेरियो। साँझ छिप्पिनै लागेको थियो। आज प्रत्येक घुट्कासँगै मलाई चियाका चुस्कीहरुले गिज्याएजस्तो लागिरहेछ। सँगै एउटा साथी पनि छ। जो सरकारी जागिरे हो। उसैको ढिपीमा आज चियाको सट्टा रक्सी आएको छ। ऊ पियक्कड हो। म पहिलोचोटी रक्सी पिउँदैछु। अलि सिकारुजस्तै पिइरहेछु। पटकपटक ‘क्यै चाहियो?’ भनेर सोध्ने बाहानामा हाम्रो टेबुलमा झुल्किरहने साउनी पनि फिस्स हाँस्छिन्। लाग्छ, चिया पिउने ‘म’ भन्दा रक्सि पिइरहेको ‘म’लाई साउनीले मन पराइरहेकी छिन्। मैले कुनैबेला साउनीले मेरो जुँगाको प्रशंसा गरेको संझे, जति पटक साउनी हाम्रा अगाडी आउछिन्, मैले दाहिने हातका बुढी र चोर औलाले मेरा जुँगा मिलाउदै उनीमा नजर केन्द्रित गर्छु। 
 
आज म पनि पिइरहेको छु, अन्य ग्राहक जस्तै। ति मित्रले ढिला खाएको हो की मैले चाँडो खाएको हो भन्ने नै मैले छुट्टाउन सकेन। उनको गिलास आधा हुँदा मैले पुरै रित्याए। 
 
उसले मेरोमा थपिदियो। कुनै प्रतिबाद बिना मैले त्यसलाई स्वीकारे। म अहिले आफूलाई कुनै बिशिष्ट श्रेणीको मान्छे ठान्दै छु। म बाँस र माटोले बनेका भित्ता भित्र हैन, अत्याधुनिक कोठा भित्र बाताबरणको सन्तुलनकाबीचमा बसेको अभुभव गर्दै छु। साउनीको भित्रको कोठालाई मैले भूलिसकेको छु। अघि मेरा मित्रले भनेझै ‘स्ट्याण्डर’ होटेलको कोठामा आफूलाई पाइरहेको छु। ठूलै विजय उत्सवमा हराइरहेको अनुभुति हुँदैछ मलाई। मेरो हैसीयत र व्यक्तित्वका मुनी सबैकुराहरु, यो सिंगो ब्रह्माण्डा दविएको अनुभव गर्न पाइरहेको छु। 
 
आहा....कत्ति मजा...। आफुलाई यति राम्रोसंग चिनाउने यो पवित्र कुरालाई मैले ४० बर्षसम्म ‘रक्सी’का नाममा घृणा गरिरहेको रहेछु। आफैलाई थुइक्क भन्न मन लागेको छ। तर, कहाँ अरुले देख्नेगरी थुइकक भनु? म यति ठूलो व्यक्तित्व भएको मान्छेले आफैलाई कहाँ थुक्न मिल्छ र? अघि मेरो मित्रले भनिसकेको छ, जहाँ तहाँ मेरो ‘स्ट्याण्डर्ड’ मिल्दैन भनेर। ठुला मान्छेको चिन्ता त हुदो रहेछ नी सबैलाई। यसैकारण त यो मित्रलाई मैले मायाँ गर्छु। उसलाई ‘थ्याङ्क्स’ भन्न मनलाग्यो। खुलेरै भन्न मनलाग्यो र भने पनि ‘थ्याङ्कस् मित्र, तिमिले मेरो स्ट्यास र पर्सनालिष्ट बुझिदिएकोमा’ 
 
उ अक्क न बक्क झै भयो। तर त्यता तिर मेरो ध्यान गएन। बरु बोल्दै गए ‘तिमि पनि धन्य हौ यार मित्र, यति बिराट् व्यक्तित्वको साथी पाएका छौ, मैले तिम्लाई ‘टाइम’ दिए, तिमि ‘लक्कि’ हौ यार’
 
उसका कुरा सुन्ने मलाई फूर्सद छैन। ‘मेरो साथी भएका कारण तीमीले पनि एसीमा बसेर पिउन पायौं यार.... ’ साउनीको त्यो कोठामा आएको चिसो हवालाई मैले गर्मीमा एसीले फ्याकेको हवा ठानिरहेको छु। 
 
साउनीको पल्ला नभएका ढोकामा झुण्डाइएको पुरानो पर्दामा सबै ग्राहकले हात पुछ्दा कपडाका बास्तबीक रंग पुरै बिस्थापित भएको छ र टाटोले भरिएको छ। म यतिबेला ती टाटाहरुलाई पर्दामा छापिएका सुन्दर फूलहरु ठानिरहेको छु। कति सफा र सुन्दर फूल सहितको पर्दाकाबीचमा बसेर मैले आफ्नो बिराट व्यक्तित्वलाई महशुस गर्दै छु। 
 
ऊ... पर्दा हटाउदै परी आइन। सायद यीनै हुन् कृष्णकी राधा। होइनन, यी त अप्सरा हुन्। मेरो मानसपटलमा यसरी नै त्यो रुप अंकित हुन थाल्यो। म बिराट व्यक्तित्वको धनी भएकाले त मलाई सुहाउँदो ‘रुप’ मेरो नजर अगाडी आउन सक्यो होला। अघि साथीले भनिसकेको छ ‘स्ट्याण्डर्ड’को कुरा। साउनीले पनि त म जस्तो ठूलो मान्छेलाई रक्सि खानुहुन्छ भनेर सोध्न सकिनन् नी त। म कहाँ अरु ग्राहक जस्तो हुँ र? म त बिशेष पो हुँ त। अनि म बिशेष व्यक्तित्व बसेको ठाँउमा फूलै फुल छापिएको पर्दा हटाउदै को पो आउन सक्छ र अप्सरा बाहेक? 
 
म गिलास हातमा लिएर ती अप्सरालाई हेर्छु। मुस्कान छाइरहेको छ मेरो अनुहारमा। अलि घोरिएर हेर्छु। उनै साउनी पो रहिछिन्। तर, अचम्म, कति राम्री भएर आएकी छिन् आज साउनी म कहाँ? यति सुन्दर त थिइनन त उनी। म चिया पिउन आउदाँ उनले भन्ने गरेको संझिए,‘सर अलि लामो समय लिएन आउनुस न, सधै कप रित्तिना साथ दौडनु हुन्छ। सधै घर जान हतार किन?’ आज म हतारिएको छैन। त्यसैले हो की उनको गालामा खुशीको लाली देख्दैछु मैले। लज्जाएको मुस्कान सहित मेरो मुस्कानको जवाफ मुस्कान मार्फत नै दिइरहेकी छिन् उनले। मैले रक्सि खाएको पहिलो पटक देखेर उनी हासेकी हैनन्। ‘फिलिङ्स’ पो देखाएकी हुन् उनले। कति ‘फिलिङ्स्’ बुझ्दी रै’छिन साउनीले। स्वीटर पनि अत्याधुनिक फेसनवाल पो लगाएर आइछिन् उनि त। म आँखा मात्र हैन, टाउको नचाई नचाई हर्दै छु उनलाई। फाटेको र फोहोरले काति परेर टल्कने स्वीटर कहाँ हो र त्यो। ठाँउ ठाँउमा प्वाल परेका फेसनेवाल स्वीटर पो हो त। हेर त..... कति चम्किलो छ, हिरा मोती जडेको झै। उनको मिलेको शरिर, पुष्ठ छाती, भर्खरै व्युटिपार्लरबाट आए झैँ कपाल र अनुहार...। सायद मैले मात्र होइन, मेरो बिराट व्यक्तित्वको अनुभव उनलाई पनि भएको छ आज। त्यसैले त मेरो ‘स्ट्याण्डर्ड’ मिल्ने गरी प्रस्तुत हुँदै छिन् उनी। एक बर्षसम्म नचिनेकी साउनीले मलाई। आज कति राम्रो साइतको दिन रहेछ। उनले मलाई चिनिन् र मेरो व्यक्तित्वसंग सुहाँउदो रुप धारण गरेर एसी सहितको त्यो सुन्दर कोठामा फूलै पूmल छापिएको मगमगाउदो पर्दा हटाउदै आएकी छिन् उनी। कहाँ अनुहारमा चाँया हुनु उनको? कहाँ कोर्न नभ्याएको कपाल हुनु उनको आज त? व्युटिसिएनले रङ्गाएको अनुहार अनी पुरै छाडेर फेसनेवल बनाएको कपाल पो हो त उनको अहिले देखिएको......। 
 
आफूलाई सही रुपमा चिन्नसक्ने हो भने त, संसार पनि त्यसै अनुकुल भैदिदो रै’छ। आज मैले आफूलाई चिनेको छु, सबै मेरो कल्पनाहरु आँखा अगाडी सत्य हुदै छन्। सुन्दरताले आफै मलाई पछ्याउदै छ। मेरा मन भित्र दविएर रहेका चाहनाहरु पनि स्वयम् अनुकुलतामा परिवर्तित हुँदैछन्। इच्छातृष्तिका अबसरहरु लाइन लागेर अगाडी आँउदै छन्। संसारमा भौतारिनु भन्दा त आफैलाई चिन्नु महान काम हो भन्ने आध्यात्मिक प्रवचनहरुको रहस्य बुझ्दै छु मैले। 
 
साच्चिकै साउनी कति राम्री रहिछिन्। मैले आफूलाई चिन्ने दिन र साउनीलाई चिन्ने दिन एउटै परेछ आज। यति राम्री, सुन्दर अनी मोहित पार्ने मुस्कान सहितकी साउनीलाई आजसम्म कसरी मैले चिन्न छुटाए छु? मलाई मेरै क्षमतामा पनि अहिले शंका उब्जन थालेको छ। यति बिराट र बहुव्यक्तित्वको धनी मैले कसरी साउनीको मूल्यांङ्कन गर्न छुटाएछु? म वाट पनि त यो समाजमा अन्याय भएको रहेछ। यस्तै अरु पनि अन्याय गरेको छु की? मेरो दिमागमा यो प्रश्नले बेस्सरी नै हमला गर्न थाल्यो। 
 
‘न्याय गर्न नसक्ने सबै भन्दा ठूलो कमजोरी हो, मेरो यो बिराट व्यक्तित्वलाई यो कमजोरीले थिच्दै लाने त हैन? अह... मैले आफुलाई थिचिन दिनु हुँदैन। न्याय गर्ने क्षमता मैले विकास गर्नु पर्छ।’ म चिन्तामा डुब्न थाले। मेरा मित्रले मागेको ‘क्वाटरहरु’ले मलाई चित्त बुझेन। यो चिन्ता मेटाउन र मेरो कमजोरीलाई जरैबाट उखेल्न मैले अर्को क्वाटर थप्नै पर्छ। साउनीको हातबाट नै थप्नु पर्छ। उनिसंगै खाएर उनको पनि उच्च मुल्यांकन गरिदिनुपर्छ। 
 
मेरो अर्डर नमान्ने कुरै छैन। कस्ले ‘नाई’ भन्ने मेरो आदेशलाई? साउनी क्वार्टर लिएर आइन। आहा.... कति सुन्दरी छिन् साउनी.......। उनकै हातबाट रक्सि पिएर उनी प्रति न्याय गर्नु छ मलाई। कस्तो गल्ति भैरहेको रहेछ म बाट। उनी प्रती न्याय गर्नै नसकेको। 
 
मलाई पश्चाताप सहतिको न्याय दिनु पो छ त साउनीलाई। एक बर्षसम्म उनलाई चिन्न सकेन मैले। पश्चाताप पनि त गर्नै पर्यो‍। उनको हातबाट पिउँदाको मज्जा म कसैलाई भन्नै चाहन्न। कोही फेरी साउनीको हातबाट पिउन लालायीत हुने छ त्यो मिठासको मैले बर्णन गरे भने। त्यसैले मैले भन्दैभन्दैन। उसलाई मैले पो न्याय गर्नु छ। त्यसैले अरुलाई किन भनिरहन पर्यो‍ र? पश्चाताप गर्दै मैले पनि उनलाइ पिलाइदिए र उनले पनि मुख मिठ्याउदै खाइन। मैले खुवाउदा उनलाई मिठो हुने नै भयो। अब उनी मेरो अंगालोमा छिन्। मैले उनको टाउको मेरो छातिमा राखेर पिलाउदैछु, बच्चालाई दुध पिलाए झै। 
 
साउनीलाई असजिलो भयो की? मैले त हो नी उनकाबारेमा सोच्ने। यतिबेला मेरा मित्र कतै निस्किसकेका थिए। होटेल पुरै खाली थियो। ५ बर्षकी नातिनी हजुरआमाको बिस्तारामा सुतेकी थिइ। अब साउनीलाई सजिलरी सुताएर खुवाउनु छ मलाई। पश्चाताप गर्ने तरिका हो यो। उनकै बिस्तरामा सुताए। त्यो सुन्दर साउनीको रुपले नै  कोठा उज्यालो थियो। त्यही उज्यालोमा मैले पश्चाताप सहित साउनीलाई न्याय गरिरहे....। 
 
बिहान भैसकेछ। बाँसको भित्ताका चरहरुबाट सूर्यले चियो गरिरहेको थियो। साउनीको त्यही कोठा, लडेका गिलास, महिनौ नधोएको पर्दा, त्यहाँ छिरे देखी नपुछिएको टेवललाई पनि सूर्यले चियाइरहेको थियो। साउनीको कट्कटिदो मैलो र फाटेको लामो स्वीटरले उनको ‘इनरहरु’ डाक्न सकिरहेको थिएन। गालामा चायाँ त थिदैथिए, र थपिएका थिए केही ‘डाम’हरु पनि। मैले साउनीलाई उठाउने साहस गरिन। अनि आफ्नो ‘बिराट् व्यक्तित्व’ लिएर होटेलबाट बाहिरिए। मनमा अन्तरद्वन्द्व चल्दै थियो कतै मैले गलत त गरेन? यत्तीकैमा साउनीले बोलाएको सुने, अनी फर्केर हेरे। उनी भन्दै थिइन्, ‘बेलुका आउनु होला है सर, हिजोको हिसाव गर्नै भुलेको रहेछु।’
 


शुक्रवार, २०७० पुस २६ गते ११:५० / Friday, Jan 10, 2014 11:50 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य चौतारी
1.   अनेसास र एनआरएनको साहित्यिक कार्यक्रम सम्पन्न
2.   मेरो पट्टु, मेरो बिरालो
3.   मैले खुसी किन लेखेँ?
4.   गीतकार पद्मा लिंखा मगर अनि नजर गीति संग्रह
5.   कविता - प्रेम त्यो हो.. : मनु लोहोरुङ
6.   सिर्जना उत्सवमा न्युयोर्कका सिर्जनाका यात्राहरू
7.   कथाः रक्सी पिएको रात
8.   प्रवासी सर्जकको कृति लोकार्पण
9.   विदेशिनुको वास्तविकता
10.   मनुज, ध्रुवचन्द्र, युवराजलाई कलाश्री
11.   साहित्यकार जगदिश घिमिरेको निधन
12.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
13.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
14.   बेलायतमा घन्कियो नेपाली गजल
15.   मनुज, ध्रुवचन्द्र र नयाँघरेलाई कलाश्री पुरस्कार
16.   शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री
17.   युएईमा ‘श्रमिक साथी’ पुस्तक विमोचन
18.   ‘दमिनी भिर’लाई मदन पुरस्कार, जगदम्बा श्री रत्नशम्शेर थापालाई
19.   पत्रकार, प्रेमिका र डिसहोम
20.   अन्सारीको अतीत:युवराज नयाँघरे
21.   गर्भपतन
22.   बिचरा तिमी
23.   मिर्लुङको मेलोडी
24.   साइनो बेच्ने केटी
25.   सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
भर्खरै

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्यूयोर्कमा सक्रिय महिलाहरुले विगत ५ बर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम गत जुन १० तारिख न्यूयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा बिविध सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न भएको हो ।

राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक

राजेश पायल राई र बसन्ती राईको उभौली पर्वको अवसर पारेर गायिका बसन्ती राईले प्रकाशोन्मुख एकल गीतिएल्बममा समाबेश एक गीतको म्युजिक भिडियो सार्वजानिक गरेकीछन् । नेपाली संगीतमा मेघास्टारका रुपमा परिचित भर्सटायल गायक राजेश पायल राई र बसन्ती राईको आवाजमा रहेको साकेला भाकाको गीत “सोई ढोले सोई...” को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् ।

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न

दर्शकको अनुरोधमा पुनः प्रर्दशन हुँदै

न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमोको प्रिमियर शो अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । में ७ तारिख सम्पन्न चलचित्रको प्रथम् प्रर्दशन पश्चात् दर्शकहरुको बिशेष अनुरोधमा चलचित्रको पुनः प्रर्दशन गर्न लागिएको चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले जानकारी गराएकाछन् ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु

किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा दीपेश लिम्बु सर्वसम्मत निर्वाचित भएकाछन् । गत अप्रिल २९ तारिख न्यूयोर्कमा सम्पन्न चुम्लुङको छैठौं अधिवेसनले लिम्बुसँगै १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित)

परेडका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर ब्लाजिओ

में २१ मा दोस्रो नेपाल डे परेड हुँदै, ४० भन्दा बढि आयोजक संस्था (नामावली सहित) विश्वको राजधानी मानिने अमेरिकाको न्यूयोर्कमा आगामी में २१ तारिख, आईतबार दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन लागेको गत शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो । परेडमा प्रमुख अतिथिका रुपमा न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ उपस्थित हुने भएकाछन् ।

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा

९५ प्रतिशत टिकट सोल्ड आउट

न्यूयोर्कमा साइली नाईटको तयारी पूरा चर्चित एवं लोकप्रिय गायक हेमन्त रानाको बहुप्रतिक्षित न्यूयोर्क कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अप्रिल २९ तारिख सम्पन्न हुन लागेको हेमन्त राना लाईभ ईन न्यूयोर्क नाम दिईएको उक्त कार्यक्रमको लागि गायक राना न्यूयोर्क आईसकेकाछन ।

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक

न्यूयोर्कमा गीतकार इन्दिरा चेम्जोङको अर्काे जन्म सार्वजानिक गीतकार इन्दिरा चेम्जोङद्धारा रचित गीति संग्रह अर्काे जन्मको न्यूयोर्कमा हिजो एक समारोह बीच विमोचन गरिएको छ । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका वाणिज्य दूत कृषु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा

उत्तर अमेरिका तामाङ सम्मेलन सेप्टेम्बरमा तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भयो । तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ संघ/संस्थाहरुको प्रतिनिधी एवं बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै

में ६ मा गुरुङ चलचित्र मैंरिमो न्यूयोर्कमा प्रिमियर हुँदै गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र मैंरिमाकोे आगामी में ६ तारिख न्यूर्योकमा प्रिमियर हुने भएको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुन लागेको चलचित्र मैंरिमोमा न्यूयोर्क निवासी प्रेम गुरुङको लगानी र अभिनय रहेको छ । गुरुङ भाषाको मैंरिमोको नेपाली अर्थ सम्झी रहनु (मिस यु) हो ।

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै

नेपालबाट दयाहाङ राई सहभागी हुने

न्यूयोर्कमा “सेतो सुर्य”को बिशेष प्रर्दशन हुँदै बिभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल नेपाली चलचित्र “व्हइट सन” अर्थात “सेतो सुर्य” को बिशेष प्रर्दशन न्यूयोर्कमा हुने भएको छ । दीपक रौनियर निर्देशित “सेतो सुर्य” आगामी मार्च १६ र १७ तारिख न्यूयोर्कको म्यानह्याटनको दुई अलग-अलग थिएटरमा प्रर्दशन हुने निमार्ण पक्षले बताएको छ ।

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना)

सरोज केसी : नेपालकै एक मानक मिडिया(पर्सोना) सरोज के.सी. नेपाली मिडियाकर्ममा परिचय गराइरहनुपर्ने नाम हैन, यो आफैंमा एक सुपरिचित नाम अनि स्थापित ब्राण्ड होे । रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) दुबै रुपमा उत्तिकै लोकप्रिय यो नाम विगत १७ वर्षदेखि नेपाली मिडियामा एक छत्र राज गरिरहेको छ ।

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.