मंगलवार, फाल्गुन १० गते, २०७३
Tuesday, February 21, 2017
मनाङ दुई अंकले अगाडि

मनाङमस्र्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा एकल अग्रता लिएको छ । दशरथ रंगशालामा मनाङले बिहीबार रानीपोखरी कर्नर टिम (आरसिटीलाई) ४–० ले पराजित गर्दै शीर्ष स्थानमा स्पष्ट दुई अंकको अग्रता लिएको हो । चार खेलमा मनाङले नौ अंक जोडेको छ ।

 

दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाको सात अंक छ । दिनकै दोस्रो खेलमा हिमालयनले ब्वाइज युनियन क्लबलाई १–० ले हरायो । ब्वाइजको यो लगातार चौथो हार हो । हारसँगै ब्वाइज रेलिगेसन जोनमा यथावतै रह्यो । हिमालयनको भने दोस्रो जित हो । अघिल्लो चरणमा हिमालयनले मनाङलाई स्तब्ध पारेको थियो । लिगमा समान तीन खेल खेलेका नेपाली सेना, साबिक विजेता थ्री स्टार र नेपाल पुलिसले ६ अंक बटुलेका छन् । सेना तेस्रो, थ्री स्टार चौथो तथा पुलिस पाँचौँ स्थानमा छन् । गोलअन्तरमा सेनाले थ्री स्टार र पुलिसलाई पछि पारेको हो । चार खेलबाट ६ अंक जोडेको एपिएफ छैटौँ स्थानमा छ ।

 

मनाङले आरसिटीविरुद्ध उत्कृष्ट फुटबल खेल्यो । मनाङले जारी प्रतियोगिताकै ठूलो अन्तरमा जित हात पार्‍यो । पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले मध्यान्तरपछि थप तीन गोल गर्‍यो । स्ट्राइकर दीपक राईले मनाङलाई खेलको नवौँ मिनेटमै १–० ले अघि राखेका थिए । दीपकले आरसिटीको डिबक्सभित्र तीन डिफेन्डरलाई कटाएर सुन्दर गोल गरे ।

 

खेलको ५१औँ मिनेटमा सुलभ मास्केले रूपेश केसीको पासमा मनाङलाई २–० को अग्रता दिलाए । सुलभले पनि तीन डिफेन्डरलाई ‘बिट’ गर्दै गोल गरेका हुन् । सुलभको उत्कृष्ट फिनिसिङमा आरसिटीका गोलरक्षक प्रेमकुमार तामाङले छेक्ने अवसर नै पाएनन् । मध्यान्तरपछि पूरै हाबी देखिएको मनाङले ८३औँ मिनेटमा अग्रता तेब्बर पार्‍यो । मनाङका लागि सुजल श्रेष्ठले ३–० का लागि गोल गरे । दोस्रो हाफको मध्यतिर मैदानमा छिरेका अनिल गुरुङको पासमा सुजलले डिबक्सको बायाँ कर्नरबाट दोस्रो बारमा उत्कृष्ट गोल गरेका थिए ।

 

खेलको ८७औँ मिनेटमा मनाङले अग्रता ४–० मा पुर्‍यायो । अनिलकै पासमा विस्थापन्न खेलाडी अफ्रिकन युसुफ अलिभले मनाङका लागि अन्तिम गोल गरे । खेलमा कमजोर देखिएको आरसिटीले मनाङविरुद्ध कुनै पनि समय डरलाग्दो आक्रमण गर्न सकेन । आरसिटीको डिफेन्स लाइन र गोलरक्षक प्रेमकुमार तामाङ मनाङको आक्रमणलाई विफल तुल्याउन व्यस्त रहे । खेलको दोस्रो मिनेटमै योना एलियासको उत्कृष्ट प्रहार क्रसबारमा लागेर बाहिरिँदा मनाङले सुरुवाती अग्रता लिने अवसर गुमायो । खेलको ५७औँ मिनेटमा योनाको चलाखीपूर्ण पासमा दीपकले आरसिटीका गोलरक्षक तामाङलाई समेत बिट गरेर पनि खाली पोस्टमा गोल गर्न सकेनन् ।

 

खेलको ६२औँ मिनेटमा नवीन न्यौपानेको क्रसमा अनिलको उत्कृष्ट डाइभिङ हेडिङ क्रसबारबाट थोरै बाहिरियो । खेलको अन्तिम इन्जुरी समयमा अनिलले गोलरक्षक तामाङसँगको ‘वान भर्सेस वान’को अवस्थामा गोल गर्न सकेनन् । खेलपछि आरसिटीका प्रशिक्षक मधु कार्कीले खेलाडीमा फिटनेसको कमी देखिएको बताए । ‘खेलाडीहरूले खेल्नै सकेनन्, दोस्रो हाफमा उभिएको जस्तो मात्रै देखियो,’ उनले भने, ‘मनाङजस्तो बलियो टोलीविरुद्ध हामी कमजोर देखियौँ ।’ प्रशिक्षक कार्कीले आरसिटीका लागि अब रेलिगेसनबाट बच्न नै मुस्किल रहेको प्रतिक्रिया दिए ।
मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले खेलाडीले सहज लिएकाले पहिलो हाफमा आशा गरिएजति गोल हुन नसकेको बताए । ‘खेलाडीहरूले सहज लिएका कारण पहिलो हाफमा बढी गोल निस्किएन,’ उनले भने, ‘दोस्रो हाफमा गम्भीर खेलेकाले सहज भयो ।’

 

ब्वाइजको चौथो हार 
गत वर्ष ‘बी’ डिभिजनको विजेता हुँदै माथिल्लो डिभिजनमा उक्लेको ब्वाइजको प्रदर्शन सोचेजस्तो भएको छैन । लिगमा चार खेल खेलिसक्दा ब्वाइज चारै खेलमा पराजित भएको छ । हिमालयन शेर्पासँग ब्वाइज १–० ले हार्‍यो । ब्वाइज अंकविहीन रहँदै पुछारमा रह्यो । हिमालयनको जितमा सुरज हमालले निर्णायक गोल गरे । खेलको ५५औँ मिनेटमा सुरजले ब्वाइजका कमल श्रेष्ठले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए । खेलपछि ब्वाइजका प्रशिक्षक विजय महर्जनले रेलिगेसनबाट बच्न दबाब परेको प्रतिक्रिया दिए । उनले खेलाडीले मैदानमा मिहिनेत नगरेको आरोप पनि लगाए ।

 

उनले भने, ‘खेलाडीले मिहिनेत नगर्दा नै खराब नतिजा आएको हो, हामीलाई रेलिगेसनबाट बच्न दबाब परेको छ ।’ हिमालयनका कार्यबाहाक प्रशिक्षक तेन्जिङ शेर्पाले जितपछि क्लबलाई राहत मिलेको प्रतिक्रिया दिए । ‘सुरुमै गोल नहुँदा खेलाडी दबाबमा आएका थिए,’ उनले भने, ‘तर जितले ठूलो राहत मिलेको छ, आगामी खेलमा अझ राम्रो गर्नेछौँ ।’
Souce: Nayapatrika


शुक्रवार, २०७० पुस २६ गते ११:३४ / Friday, Jan 10, 2014 11:34 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: दस्तावेज
1.   बाह्रबुँदेमा मैले शंकै गरिनँ
2.   म्याच फिक्सिङ आरोपमा ५ खेलाडी
3.   अस्ट्रेलिया पाँचाै पटक विश्वविजेता
4.   अष्ट्रेलिया र न्युजिल्याण्डबीच फाइनल
5.   विश्वकप क्रिकेट : जोगाउला त भारतले उपाधि ?
6.   सम्भावनाको खोजीमा महिला क्रिकेट
7.   नेपालि क्रिकेटका प्रशिक्षक पुवुदु क्यानाडा फर्कदै
8.   बर्खास्त गर्ने मन्त्रीको निर्णयविरुद्द अदालत जान्छु : युवराज लामा
9.   दबाबमा खेल्दा प्रदर्शनमा असर
10.   विश्वकप १०० दिन बाँकी, ब्राजिललाई भ्याइनभ्याइ
11.   Hong Kong thrashes Nepal by 10 wickets
12.   मनाङ दुई अंकले अगाडि
13.   APF defeats Region no. 6
14.   Moyes rues decisions as United lose again
15.   APF book semi-final berth with Baitadi win
16.   जितले मनाङ र हिमालयन अघिपछि
भर्खरै

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक

गायक जगदिश समालको 'देउन तिम्रो माया' बोलको म्युजिक भिडियो सार्वजानिक चर्चित एवं लोकप्रिय गायक जगदिश समालले नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकाछन् । भ्यालेनटाईन डे को अवसर पारेर “देउन तिम्रो माया...” बोलको म्यूजिक भिडियो युट्युवबाट सार्वजानिक गरिएको हो ।

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन

सेकेण्ड डान पर्खी राईको एकल स्वमित्वमा आईएमए, न्यूयोर्क उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक थानेश्वर राईले न्यूयोर्कमा सञ्चालन भईरहेको इन्टरनेश्नल मार्सल आर्टस् एसोसियसन, (आईएमए) न्यूयोर्क शाखाको उद्घाटन गरेकाछन् । सन् २००८ सालबाट सञ्चालनमा रहेको उक्त शाखा यसअघि प्रशिक्षक एवं उक्त शाखाका संस्थापक शान्त थोकर र राईले साझेदारीमा सञ्चालन गर्दै आएका थिए ।

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग

अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाद्धारा ८ लाख रुपैया सहयोग पुर्वी पहाडी जिल्ला भोजपुरका अग्नी पीडितहरुलाई भोजपुर समाज अमेरिकाले ८ लाख रुपैया सहयोग गरेकोछ । आगलागी भएपछि भोजपुर समाज अमेरिकाको पहलमा अमेरिकाको बिभिन्न राज्यबाट सहयोग रकम संकलन कार्य गरिएको थियो ।

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा २८५३ सोनाम ल्होछार भव्य रुपमा सम्पन्न २८५३ सोनाम ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्यूयोर्कमा विविध् कार्यक्रम सहित भव्य रुपमा ल्होछार पर्व सम्पन्न गर्यो । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (आईसिसी) अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सोसाईटीका अध्यक्ष शान्त बाबु थोकरको सभापत्विमा सम्पन्न भएको हो ।

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम अल्ट्रा धावक मीरा राईलाई जिताउन अमेरिकाको न्यूयोर्कमा एक् कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको हो । नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी मीरा राई यस प्रकारको प्रतियोगिताामा सहभागी हुने पहिलो नेपाली हुन ।

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’ नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क नेपाली संगीत क्षेत्रमा भर्सटायल गायकका रुपमा ख्याती कमाएका राजेश पायल राईले आगामी नोभेम्बर १९ तारिख न्यूयोर्कमा भव्य कार्यक्रम गर्ने भएकाछन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस (ढाका क्लव) मा बेलुकी साँढे आठबजे बाट शूरु हुने कार्यक्रम आईलाई क्रियसनको आयोजनामा सम्पन्न हुन लागेको हो ।

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान नेपाली संघीय समाज अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष समीर मर्हजनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूताबास, न्यूयोर्क लगायत बिभिन्न डेड दर्जन नेपाली संघ/संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न

कलाकार स्मारिका बिमोचित

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझ-२०१६ मा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लिम्बुवान मंच नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ । मंचले हिजो अक्टोबर ३ तारिख अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायका सदस्यहरुको सहभागितामा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

अक्टोबर ७ मा दशैं शुभकामना साँझ

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित भएकाछन् । न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थत हिमालयन याक रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको साधारणसभाले गोपालीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम

अगस्त २८ सम्म टिम दर्ता

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम शेर्पा किदुग अमेरिकाको बाषिर्क खेलकुद कार्यक्रम आगामी सेप्टेम्बर महिनाको ३ र ४ तारिख न्युयोर्कमा सम्पन्न हुने भएको छ । हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबर्षको खेलकुदको तयारी र सहभागिता सम्बन्धी जानकारी गराईएको थियो ।

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी

नेपालबाट सुबास नेम्बाङ्ग प्रमुख अतिथीको रुपमा आउँदै

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी अमेरिकाको न्युजर्सी राज्यमा सम्पन्न हुन लागेको एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ । सम्मेलनकै अन्तिम तयारीको विषयमा जानकारी गराउने उद्देश्यले हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रम मार्फत उक्त जानकारी गराईएको होे ।

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि गायक गम्बु शेर्पाले गीत/संगीतबाट जे जत्ति अर्थ जगेडा गरेकाछन, त्यो सबै सामाजिक सेवामा लगानी गर्दै आएकाछन् । शेर्पाले हालसालै बिभिन्न ५ देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेर संकलित ८ लाख ६७ हजार ८ सय पच्चिस रुपैया अनाथ बालबालिकाहरुको लागि सहयोग रकम जुटाएका छन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.