शुक्रवार, माघ ०७ गते, २०७३
Friday, January 20, 2017
६२ जिल्लामा टेलिकमको इभिडिओ

काठमाडौं - नेपाल टेलिकमले सिडिएमए प्रविधिको इभिडिओ सेवा ६२ जिल्लामा पुर्‍याएको छ। माघ महिनाभित्र थप १० जिल्लामा यो सेवालाई विस्तार गर्ने योजना उसले बनाएको छ।
 
 

पचहत्तरै जिल्लामा सिडिएमए पुर्‍याएको कम्पनीले थि्रजी (इभिडिओ) सेवा पनि ७५ जिल्लामा पुर्‍याउने योजनाअनुसार विस्तार गरेको हो। 
टेलिकमले बुधबार हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम, लेते र मार्फामा इभिडिओ सुरु गरेर ६२ जिल्ला पुर्‍याएको हो। मुस्ताङकै मुक्तिनाथमा पनि केही दिनभित्र सेवा विस्तार गर्ने टेलिकमले जनाएको छ। गत साउन १७ गतेदेखि धवलागिरिमा इभिडिओ सेवा सुरु गरेको टेलिकमले बुधबार मुस्ताङ जिल्लाको तीन प्रमुख स्थानमा यो सेवा सञ्चालनमा ल्याएको हो। 
इभिडिओ सेवा पुगेपछि मुस्ताङमा एक हप्ताभित्र सिडिएमए थि्रजीको रिम कार्ड बिक्री हुने कम्पनीले जनाएको छ। अहिले कसैसँग कार्ड भए सेवा लिन सक्ने भए पनि एक हप्ताभित्र डाटा प्याकेजसहितकोको युएसबी डोंगोलमार्फत बिक्री हुनेछ। इभिडिओ सेवामार्फत भ्वाइस सेवाको अतिरिक्त ३.१ एमबिपिएस डाउनलोड झमतामा ब्रोडब्यान्ड इन्टरनेट चलाउन सकिन्छ। इभिडिओ सेवा नभएको झेत्रमा पनि १५३.६ केबिपिएस झमतामा यो सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
ग्राहकले २२ सय तिरेपछि १ जिबीको मेमेरीसहितको इभिडिओ डोंगोल, १ सय रुपैयाँ बराबरको टक भ्यालु तथा ३ जिबी डाटा भएको रिमकार्ड पाइन्छ।  तीन जिबी डाटाको अवधि ३ महिनासम्म रहनेछ।
टेलिकमले यसअघि धवलागिरिको बागलुङ, पर्वत र म्याग्दीमा सेवा विस्तार गरिसकेको छ। गण्डकीको कास्की, गोरखा, तनहँु, स्याङ्जा, लमजुङमा सेवा पुर्‍याएको कम्पनीले मनाङमा पनि पुर्‍याउने योजना बनाएको छ। 
इभिडिओ सेवालाई देशभर पुर्‍याउने उद्देश्यले हिमाली जिल्लामा पनि सेवा सुरु गरिएको टेलिकमका नायक प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए। सेवालाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले नपुगेको जिल्लामा पनि गृहकार्य भइरहेको जनाउँदै भट्टराईले आगामी महिनाभित्र थप १० जिल्लामा गरी ७२ जिल्लामा इभिडिओ सेवा पुर्‍याउने बताए। दुई  महिनाभित्र ७५ जिल्लामा पुर्‍याउने लक्ष्य रहेको उनले बताए। सुगम र दुर्गम जिल्लाबीचको डिजिटल डिभाइड कम गराउन इभिडिओ सेवा विस्तार गरिएको भट्टराईले बताए।
टेलिकमले आगामी महिना धनुषा, ओखलढुंगा, सर्लाही, सिरहा, सोलुखुम्बु, उदयपुरलगायत जिल्लामा सेवा विस्तार गर्ने योजना बनाएको छ। 
देश फ्रि वाइफाई क्षेत्र बनाउन कार्यदल
सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई फ्रि वाइफाई क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ। 
अध्ययनका लागि नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको सञ्चार सचिव ध्रुवप्रसाद शर्माले जानकारी दिए। गत शुक्रबार निर्णय गरिएको कार्यदललाई बुधबारदेखि एक महिनाको समयसमेत प्रदान गरिएको छ। 
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सञ्चार क्षेत्रका विज्ञसमेत राखिएको छ। कार्यदल सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललाई नियुक्त गरिएको छ।
कार्यदलले एक महिनाभित्र नेपाललाई फ्रि वाइफाई गर्नेका लागि प्राविधिक तथा आर्थिक रुपमा देखिएका विषयहरुलाई राय र सुझावसहित प्रतिवेदन प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ। 
कार्यदलका सदस्य सचिव खनालले नेपाललाई फ्रि वाइफाई गर्ने प्राविधिक रुपमा सक्षम भए पनि आर्थिक रुपमा खर्च कसरी बेहोर्न भन्ने समस्या हुने बताउँछन्। निश्चित क्षेत्रमा गरिएको फ्रि वाइफाई सोही क्षेत्रकाले ब्यान्डविथ खरिद गरेर गरिएको हुन्छ। सरकारले पूरै नेपालका लागि खर्च गरेर गर्‍यो भने सम्भव छ। निजी कम्पनीसँगको सहकार्यमा गर्न खोजियो भने उनीहरुले नाफा खोज्ने हुँदा समस्या हुने उनले बताए।
Souce : Nagariknews.com


शुक्रवार, २०७० पुस २६ गते ११:११ / Friday, Jan 10, 2014 11:11 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: इतिहास
1.   कम्पनी मोहर
2.   ६२ जिल्लामा टेलिकमको इभिडिओ
3.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
4.   स्वस्थ मासु र रमाइलो दसैं
5.   विजयादशमिको पहिलो दिन घटस्थापना
6.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
7.   नर्बेमा मध्यरातमा घाम ?
8.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
9.   इन्टरनेटबाट मितेरी साइनो
10.   वाह् सेक्स टोय
11.   अञ्जूको वियोगान्त कथा
12.   कतारमा मल अफ एसिया
भर्खरै

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित)

अतिथीहरुबीच नै दोहोरी

न्युयोर्कमा माघे संक्रान्ति भव्य रुपमा मनाईयो (भिडियो सहित) माघे संक्रान्ति पर्वको अवसर पारेर न्यूयोर्कमा भव्य कार्यक्रम सम्पन्न भएको छ । मगर संघ अमेरिकाको समन्वयमा न्यूयोर्क च्याप्टरद्धारा आयोजित उक्त कार्यक्रम गत जनवरी १५ तारिख न्यूयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो ।

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी

अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्वको तीब्र तयारी मगर संघ अमेरिकाले अमेरिकाको बिभिन्न शहरमा माघे संक्रान्ति पर्व बिशेष रुपमा मनाउने भएको छ । संघको केन्द्रिय समन्वय र च्याप्टर समितिको आयोजनामा आगामी जनवरी १५ तारिख न्यूयोर्क, न्यू जर्सी र बाल्टिमोर साथै जनवरी २२ तारिख सान् फ्रान्सिस्को शहरमा बिभिन्न कार्यक्रम सहित माघे संक्रान्ति पर्व मनाउने कार्यक्रम रहेको छ ।

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै

जनवरी २८ मा तामाङ सोसाईटी अफ अमेरिकाले ल्होछार पर्व मनाउँदै तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा आगामी जनवरी २८ तारिख न्यूयोर्कमा विविध् सांस्कृतिक कार्यक्रमसहित ल्होछार पर्व मनाउने भएको छ । न्यूयोर्कको कुईन्स लङ् आईल्याण्डमा अवस्थित फाईभ स्टार ब्याङ्कैटमा सम्पन्न हुन लागेको उक्त ल्होछार कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुसँगै समाजमा आवद्ध बिभिन्न कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न

खालिङ र फिप्ना सम्मानित

न्यूयोर्कमा सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले बार्षिक रुपमा आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम सुम्निमा साँझको ८ औं संस्करण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा संगीत स्रष्टा पविधन खालिङ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)लाई बिशेष सम्मान गरिएको थियो ।

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान

संघको विधान र प्रतिष्ठालाई नै धज्जी उडाउने कुचेष्टा

एनआरएन अमेरिकालाई विवादस्पद राजनीतिक कार्यक्रम नगर्न संयुक्त संगठनहरुको आव्हान गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी जनवरी ८ तारिख आयोजना गर्न लागेको विवादस्पद पुथ्वी जयन्तीलाई दिवसको रुपमा नमनाउन अमेरिकामा स्थापित बिभिन्न संघ संस्थाले संयुक्त रुपमा आव्हान गरेको छ । स्वतन्त्र र गैंर नाफामूलक संस्थाको रुपमा प्रतिष्ठित संघले पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रमलाई दिवसकै रुपमा मनाउनुलाई संघकै विधान र प्रतिष्ठाको धज्जी उडाउने कुचेष्टा गरिएको भन्दै संयुक्त संगठनहरुले उक्त कार्यक्रम यथासिघ्र स्थगित गरि फिर्ता लिनु पर्ने बताएकाछन् ।

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम

मीरा राईलाई जिताउन न्युयोर्कमा कार्यक्रम अल्ट्रा धावक मीरा राईलाई जिताउन अमेरिकाको न्यूयोर्कमा एक् कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको हो । नेसनल जियोग्राफी च्यानलको एड्भन्चर्स अफ दि एअर अवार्डको मनोनयनमा परेकी मीरा राई यस प्रकारको प्रतियोगिताामा सहभागी हुने पहिलो नेपाली हुन ।

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’

पुष्पा बस्नेत बनिन् ‘सिएनएन सुपर हिरो’ नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्य लाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन्।

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क

नोभेम्बर १९मा मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क नेपाली संगीत क्षेत्रमा भर्सटायल गायकका रुपमा ख्याती कमाएका राजेश पायल राईले आगामी नोभेम्बर १९ तारिख न्यूयोर्कमा भव्य कार्यक्रम गर्ने भएकाछन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस (ढाका क्लव) मा बेलुकी साँढे आठबजे बाट शूरु हुने कार्यक्रम आईलाई क्रियसनको आयोजनामा सम्पन्न हुन लागेको हो ।

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान

नेपाली संघीय समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा शुभकामना आदान-प्रदान नेपाली संघीय समाज अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष समीर मर्हजनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली महावाणिज्य दूताबास, न्यूयोर्क लगायत बिभिन्न डेड दर्जन नेपाली संघ/संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न

कलाकार स्मारिका बिमोचित

नेपाली अमेरिकन कलाकार संघको आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझ-२०१६ मा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन

बिरेन्द्र लिम्बुको अध्यक्षतामा संघीय लिम्बुवान सामाजिक मंच, अमेरिका गठन कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लिम्बुवान मंच नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ । मंचले हिजो अक्टोबर ३ तारिख अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायका सदस्यहरुको सहभागितामा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

अक्टोबर ७ मा दशैं शुभकामना साँझ

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित भएकाछन् । न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थत हिमालयन याक रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको साधारणसभाले गोपालीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम

अगस्त २८ सम्म टिम दर्ता

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम शेर्पा किदुग अमेरिकाको बाषिर्क खेलकुद कार्यक्रम आगामी सेप्टेम्बर महिनाको ३ र ४ तारिख न्युयोर्कमा सम्पन्न हुने भएको छ । हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबर्षको खेलकुदको तयारी र सहभागिता सम्बन्धी जानकारी गराईएको थियो ।

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी

नेपालबाट सुबास नेम्बाङ्ग प्रमुख अतिथीको रुपमा आउँदै

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी अमेरिकाको न्युजर्सी राज्यमा सम्पन्न हुन लागेको एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ । सम्मेलनकै अन्तिम तयारीको विषयमा जानकारी गराउने उद्देश्यले हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रम मार्फत उक्त जानकारी गराईएको होे ।

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि गायक गम्बु शेर्पाले गीत/संगीतबाट जे जत्ति अर्थ जगेडा गरेकाछन, त्यो सबै सामाजिक सेवामा लगानी गर्दै आएकाछन् । शेर्पाले हालसालै बिभिन्न ५ देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेर संकलित ८ लाख ६७ हजार ८ सय पच्चिस रुपैया अनाथ बालबालिकाहरुको लागि सहयोग रकम जुटाएका छन् ।

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा अमेरिकाको न्युजर्सीमा सम्पन्न हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले बताएको छ । अगस्ट २७ र २८ तारिख सम्पन्न हुने संघको उक्त सम्मेलनलाई “भिजन २०–२० एण्ड बियोण्ड” नारासहित बिशेष रुपमा आयोजना गर्न लागिएको हो ।

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त थोकरको उम्मेद्वारी

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त थोकरको उम्मेद्वारी तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त बाबु थोकरले उम्मेदवारी दिने घोषणा गरेकाछन् । थोकरले आज न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत उक्त जानकारी गराएका हुन् । सोसाईटीको आठौं अधिवेसन आगामी अगस्ट महिनाको २८ तारिख न्युयोर्कमा सम्पन्न हुँदैछ ।

दाहाल नेपालको ३९ औ प्रधानमन्त्रीमा निर्वाचित

दाहालको पक्षमा ३६३ मत र विपक्षमा २१० मत

दाहाल नेपालको ३९ औ  प्रधानमन्त्रीमा निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरी कार्यभार सम्हाल्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् ।

न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा

न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा बरिष्ठ गायक एवं संगीतकार अम्बर गुरुङको तेह्रौ पूण्यतिथिको अवसरमा अमेरिकाको न्युयोर्कमा श्रद्धाञ्जली सभाको आयोजना गरियो । नेपाली अमेरिकन कलाकार संघद्धारा आयोजित उक्त कार्यक्रममा बिभिन्न कलाकारहरुले गुरुङका अमर-अजर सिर्जनाहरु प्रस्तुत गरे ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.