विहिवार, आश्विन ०४ गते, २०७५
Thursday, September 20, 2018
अञ्जूको वियोगान्त कथा

एक्लै भएपछि कहिलेकाँही प्रेम प्रस्तावले हैरान पार्दा रहेछन् । केही फ्यानका प्रस्तावले हैरान भएकी छु । ए लेभल पदमा रहेका व्यक्तिहरु, ठुल्ठुला बिजनेस म्यान, एनआरएनहरु सबै क्षेत्रका फ्यानहरुले प्रस्ताव राख्नुहुन्छ । ‘अञ्जुजी, जिन्दगीलाई यसरी लानुपर्छ’ भनेर सँगै हिँड्ने बाचा पनि गर्छन् । बिहेको प्रस्ताव गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका व्यक्ति धेरै छन् । राजनीतिक दलका ठुल्ठुला नेता पनि मरिहत्ते गर्छन् । केही मन्त्रीले एसएमएसमा गीत नै लेखेर पठाउँछन् । अब मलाई न साथी चाहिएको छ, न जीवनसाथी नै । सेक्सको भोको न म हिजो थिएँ, न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले पनि सेक्सतिर ध्यान जाँदैन । मैले किन बिहे गरें ? त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका) ले गाली गर्छे । 

पीडादायी वाल्यकाल 
मेरो पुख्र्यौली घर फर्पिङ हो तर, म मामाघर तेह्रथुममा जन्मिएँ । जयबहादुर पन्त र मनु योञ्जन पन्तका पाँच सन्तानमध्ये म कान्छी हुँ । बुबा हक्की स्वभावको हुनुहुन्थ्यो रे, आफ्नै पौरखमा बाँच्छु भनेर घर छाड्नुभएछ । र, जागिरको सिलसिलामा तेह्रथुम पुगेर त्यहीँ घरजम गर्नुभएछ । म तीन वर्षकी हुँदा परिवारसहित काठमाडौँ र्फकनुभएछ । बाल्यकाल मेरो त्यति सुखद् रहेन । ममीको पीडा हेरेर हुर्किएँ । १२ वर्षकै उमेरमा उहाँको माइलो छोरा बित्यो । त्यसको दुई वर्षपछि युवा उमेरमै श्रीमान् पनि परलोक हुनुभयो । त्यसबेला म आठ वर्षकी मात्र थिएँ । त्यतिबेला ममी जिउनै गाह्रो हुने स्थितिमा पुग्नुभयो । माइती -तेह्रथुम) जाउँ भने धेरै टाढा, घर (फर्पिङ) जान पनि गाह्रो । धेरै तनाबका कारण उहाँ मानसिक बिरामी नै हुनुभयो । अहिले ठीक हुनुभएको छ । त्यसैले म ममीलाई धेरै माया गर्छु । त्यतिखेर फुपू जानकी केसीले साथ नदिनुभएको भए हामीलाई बाँच्नै समस्या पथ्र्यो । र, आज म यो स्थितिमा शायदै पुग्थें । 
रेडियोमा गीत बज्दा 
सानोमा म ज्ञानी बच्चा थिएँ । घरको काममा पनि त्यस्तै । रातिको १२ नै किन नबजोस्, किचेन सफा गरेर मात्रै सुत्थें । मैले माझेको सिल्भरको बाटामा ऐना हेर्न मिल्थ्यो । ‘मेरी भदैनीले सबै भाँडा प्वाल पार्ने भई’ भनेर फुपू गाली गर्नुहुन्थ्यो । गाउन र नाच्नमा पनि म औधी नै रुचि राख्थें । तर, एक्लै हुँदा मात्रै । रेडियोमा गीत बजेपछि मेरो शरीर आफै चल्मलाउँथ्यो । रेडियोको वरिपरि सबैजना हुने, हत्त न पत्त तल झरेर एक्लै नाच्थें । गाउने पनि त्यस्तै, सबैजना छन् भने केटाको जस्तो आवाज निकालेर हाइफाई तरिकाले गाइदिन्थें । एक्लै हुँदा भने सुरिलो आवाजले गाउँथेँ । मेरा यी हर्कतबाट फुपू भने राम्रै परिचित हुनुहुन्थ्यो । 

मनोजसित पहिलो भेट 
अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता थियो ०५४ सालमा । त्यो प्रतियोगितामा म गाउँदै थिएँ, मनोजराज शिवाकोटी पनि त्यही प्रतियोगितामा प्रतिस्पर्धी रहेछन् । त्यतिबेला म फुच्ची थिएँ, कपाल थाइकट थियो, घुँडाघँडासम्म आइपुग्ने फ्रक लगाएकी थिएँ । मनोजराजजीले त्यहीँ नै मलाई पहिलोपटक देख्नुभएको थियो । उहाँले घर पुगेपछि सबैलाई भन्नुभयो रे, ‘हेर्दा फुच्ची छ, आवाज ऐनाजस्तो प्रस्ट छ, त्यही फुच्चीले जित्छे ।’ उहाँले सोचेजस्तै भयो, म फस्र्ट भएँ, मनोजजी छैठौं हुनुभयो । त्यहाँदेखि त उहाँले मलाई ‘फलो’ गर्न थालिहाल्नुभयो नि । ‘हामी सँगै सिक्नुपर्छ है, साथी बनौं, सँगै प्राक्टिस गरौं’ भन्दै उहाँ नजिकिन खोज्नुहुन्थ्यो । ‘नाई, म प्राक्टिस आफ्नै दाइहरुसँग गर्छु’ भनेर म तर्किन्थें । मलाई भेट्न उहाँ रेडियो नेपाल नै आउनुहुन्थ्यो, इन्स्टिच्युटमा पनि पुग्नुहुन्थ्यो । मेरी साथी (बाला दिदी) लाई ‘हिन्स’ दिनुहुन्थ्यो, बाला दिदीसँग कुरा गरेर मसँग नजिक हुन खोजेको चाल म थाहा पाइहाल्थें । उहाँ नजिक हुन खोज्नुहुन्थ्यो, म टाढा भाग्थें। मैले वास्तै गर्न छाडेपछि हामीबीच ग्याप भयो । 

लभ चल्दा नै बेहोस बनाए 
शंकैशंकाबाट सुरु भयो हाम्रो जीन्दगी । बिहे भएको केही दिनदेखि नै उहाँले मलाई पिट्न थाल्नुभयो । हुन त उहाँले बिहेअघि पनि पिटेर बेहोस् पार्नुभएको थियो । सामान्य विवादमा ठमेलको बीच बाटोमै मलाई जोडले थप्पड हान्नुभाथ्यो । म त बेहोसै भएँछु । पछि, उहाँले नै ट्याक्सीमा हालेर घर पुर्याउनुभएछ । म होसमा आएपछि उहाँले ‘आई लभ यू, सरी’ भन्नुभयो, मेरो कोमल मन पग्लिइहाल्यो । अहिले पछुतो लाग्छ, त्यतिबेला मैले त्यो थप्पडको जवाफ दिएको भए आज यो दिन देख्नुपर्दैनथ्यो होला । मैले अनुभव गरें, केटा मान्छेको हात एकपटक उठेपछि त्यसलाई रोकेन भने उठेको उठ्यै गर्दोरहेछ । त्यसले झन्झन् ठूलो रुप लिने रहेछ । बिहेअघि नै उहाँले ममाथि शंका गर्ने, त्यस्तो हुँदाहुँदै पनि मैले किन बिहे गरंे, त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका) ले गाली गर्छे ।

पटक-पटक मर्न खोजें 
एकपटक म सुत्केरी भएको २२ दिनमै नानाभाति शंका गरेर मनोजजीलेे झगडा गर्नुभयो । धेरै सम्झाएँ तर पनि केही चलेन । एकदमै दिक्क लाग्यो । अनि, रुँदै चुलेसीले आफ्नै हात काटें । त्यो खत अझै मेटिएको छैन । विभिन्न ठाउँमा कार्यक्रम तय भइसकेको हुन्छ, पिटाइले अनुहारभरि दाग हुन्थ्यो । त्यसरी पनि कुट्ने हो त ? आँखा सुन्निँदा चश्मा लगाएर गाएकी छु । झन् हङकङको प्रोग्राममा त धेरैभन्दा धेरै मेकअप गरेर घाउ लुकाउने कोशिष गरें । गाथा एल्बम गर्दा कुटेर नाक नै भाँचिदिएका थिए । संगै अमेरिकामा भएका बेला मेरो एउटा औंला नै भाँचिदिए ।

छुट्टी कै दिन रातभरि कुटाकुट भयो
 विदेशमा धेरै कन्सर्टमा जान्थें । तर, दुवैजना सँगै भने गएका थिएनौं । सँगै जाने उहाँको पनि इच्छा थियो, ‘एकैचोटि अमेरिका नै जाऔं न त’ भनेर उहाँलाई पनि सँगै लगें । त्यहाँ पनि उहाँको स्वभाव फेरिएन, झगडा गरेर मेरो एउटा औंला नै भाँचिदिनुभयो । दुई महिनाको कार्यक्रम थियो, म फर्किएँ, उहाँ उतै बस्नुभयो । केही महिनापछि उहाँ पनि र्फकनुभयो । फर्केपछि त झन् दिनरातको टर्चर सुरु भयो । अरुको कुरा सुनेर दिनरात नै पिट्न थाल्नुभयो । उहाँसँग छुट्टनिुअघि रातभरि नै झगडा पर्यो । बिहानको चार बजिसक्यो, कुटेको कुट्यै मात्र गर्छन् । ‘तँ किन कुरा बुझ्दिनस्’ भन्दै घाँटी ङ्याके । सास नै जालाजस्तो भाथ्यो, धन्न छाडे । त्यो दिन त अति नै गरे । मेरो ओठ, गाला सबै सुन्निएको थियो । रिसले मेरो पनि कन्परा घुम्यो । यसै भएन, उसै भएन भनेर देब्रे हातले मज्जाले बजाएँ । बेस्करी मुड्की बजाएकी थिएँ, एक मुड्कीमै उहाँको आँखा रातै भयो । 

यसरी क्रियश्चियन बनें 
फ्यानहरु सम्झन्छु । कतिपल्ट त एक्लै रुन्छु । कति धेरै माया गरेका होलान् जस्तो लाग्छ । कुनै पनि गायकलाई आयोजकले डेढ वर्षसम्म कुरेको सायदै इतिहास छ । तर, मलाई कुरे । बाहिरबाट पैसा ल्याएर होटलमा बसेका थिए । मेरो पारिश्रमिक महँगो छ, मलाई तिर्न ल्याएको पैसा सकिइसक्यो । होटलमा अझै कति दिन बस्नुपर्ने हो थाहा छैन । मलाई फोन गरेर भन्थे, ‘डाक्टरले अब कति दिन टाइम लाग्छ भनेका छन्, एक महिना, डेढ महिना, तीन महिना ? हामी कुर्छौँ ।’ उनीहरुको कुरा सुनेर म धुरुधुरु रुन्थेँ । काठमाडौँमा म एक्लै टोलाउँथेँ । काठमाडौँबाहिर बहिनी फ्रेस हुन्छिन् कि भनेर दाजु र साथीहरुले मलाई वीरगन्ज पुर्याउनुभयो । त्यहाँ हाम्रा सानोबुबाको परिवार थियो । शुक्रबार पुगेका थियौँ, शनिबार त्यहाँको एउटा ठूलो हलमा सबैजना बस्यौँ । एक, दुई, चार गरी अडियन्सहरु बढ्न थाले । मलाई सबैले चिन्थे, म कसैलाई नचिन्ने । सानोबुबाले मलाई सल दिएर घुम्टी लगाऊ भन्नुभयो । मैले त्यसै गरेँ । पछि थाहा भयो, मेरो सानोबा पास्टर र सानीआमा पास्टर्नी हुनुहुँदो रहेछ । पास्टर बाले मलाई छोएर ‘हे प्रभु तपाईंले बनाउनुभएको सुनको शिष्यलाई (सिसी) कसैले पनि तहस-नहस पार्न नसकोस्’ भन्नुभयो । त्यो शब्द सुनेपछि भक्कानो फुटेर आयो । जिन्दगीमा धेरै रोएँ तर, त्यस्तो त म कहिल्यै रोएकी थिइनँ । बेलुकी भजन-कीर्तनको कार्यक्रम थियो । मेरो आवाज खुलेकै थिएन । तर, भजन किताबबाट आठ नम्बरको भजन मलाई गाउन लगाइयो । ‘महान् ईश्वर गर्छु म प्रशंसा तपाईंको’ भजन मैले गाउनुपर्ने भयो । हाइरेन्जमा थियो त्यो भजन । भजन गाएको त बेलुका सललल मेरो आवाज खुल्यो । म रोएँ, उफ्रेर नाच्न थालेँ, यता कुदेँ, उता दगुरेँ । दाइहरु पनि रुनुभयो । त्यसपछि पास्टर बुबा राजकुमार घिमिरे र पास्टर्नी आमा कमला घिमिरेले मलाई ग्रहण गरिदिनुभयो । त्यसपछि बाइबल पढ्न थालेँ, त्यसबाट प्रभावित भएर अहिले म क्रिश्चियन बनेँ । 

तीन वर्षमा तीन तले घर बनाएँ 
त्यतिबेला मसँग पैसा थिएन । पैसा त मैले धेरै नै कमाएकी थिएँ तर, सबै खर्च भइसकेको थियो । कहिल्यै नकमाएको पैसा कमाउन थालेँ । पाँच लाख रुपैयाँ बैना गरेर एकतले घर किनेँ । डेढ वर्षको अवधिमा तीन तलाको घर बनाएकी छु । दाजु, भाउजू, ममी, फुपू सबै सँगै बसेका छौँ । 

न योजना, न सपना 
बूढासँगै हुँदाचाहिँ योजनाहरु बनाउँथेँ । आफ्नै म्युजिक कम्पनी खोल्ने, इन्स्टिच्युट खोल्ने, कटेज जस्तो घर बनाउनेजस्ता सपनाका कुरा गथ्र्यौं । अब त्यस्ता केही योजना छैनन्, मेरा सबै कुरा विशुद्ध छोरीमाथि मात्रै केन्द्रित हुनेछ ।
(मिमर न्यूज मासिककालागि गायिका अन्जु पन्तसित प्रवीण बुढाथोकीले गरेको कुराकानीमा आधारित  ) 
 


बुधवार, २०७० आश्विन ०१ गते ०८:३१ / Wednesday, Sep 18, 2013 8:31 am


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: इतिहास
1.   कम्पनी मोहर
2.   ६२ जिल्लामा टेलिकमको इभिडिओ
3.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
4.   स्वस्थ मासु र रमाइलो दसैं
5.   विजयादशमिको पहिलो दिन घटस्थापना
6.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
7.   नर्बेमा मध्यरातमा घाम ?
8.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
9.   इन्टरनेटबाट मितेरी साइनो
10.   वाह् सेक्स टोय
11.   अञ्जूको वियोगान्त कथा
12.   कतारमा मल अफ एसिया
भर्खरै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र अमेरिकाको न्यूयोर्कमा आयोजित "आदिवासी चलचित्र महोत्सव-२०१७" बिभिन्न ११ बिधामा चलचित्रका कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले पहिलो चोटी आयोजना गरेको उक्त महोत्सव अगस्त २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न भएको थियो ।

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)

उत्कृष्ट चलचित्रलाई नगद एक लाख पुरस्कार

न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित) अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरुको छनौट भएको छ । महोत्सवको लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । महोत्सव नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को मुख्य आयोजनामा ३ दिन आयोेजना हुनेछ । महोत्सवमा सहभागिताको लागि ३९ चलचित्रहरु दर्ता भएका थिए ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.