शुक्रवार, श्रावण ०३ गते, २०७६
Friday, July 19, 2019
एनआरएनएको उपाध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

गैर आवासिय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष भवन भट्टले एनआरएनएको नयाँ कार्यसमिति चुनावका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले मंगलबार संघको उपाध्याक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको कार्तिक २ गतेदेखि ५ गतेसम्म काठमाडौंमा हुन गइरहेको छैठौं विश्व सम्मेलनले नयाँ कायसमिति चयन गर्दै छ ।

भट्टले जापानमा रहेर टिबिआई ग्रुपमार्फत विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँ अध्यक्ष रहेको टिबिआई ग्रुपले केही दिन अगाडी स्थापनाको १०औं वर्षगाँठ भव्य रुपमा मनाएको थियो । उहाँको समुहले विदेशमा मात्र नभएर स्वदेशमा समेत लगानी गरिरहेको छ ।

भट्टको चुनावी घोषणपत्र

सर्वप्रथम नेपाललगायत संसारभर रहनुभएका समस्त दाजु, भाई, दिदी, बहिनी एवं अग्रजहरुलाई विजया दशमी तथा शुभ दिपावलीको उपलक्षमा सुस्वास्थ्य, दिर्घायु एवं सफलताका लािग हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

विजया दशमीको रौनकसँगै विश्वभर छरिएर रहेका लाखौ नेपालीहरुको एकमात्र छाता संगठन गैर अवासीय नेपाली संघ -एनआरएनए) पनि छैठौ विश्व सम्मेलन संघारमा आइपुगेको छ । यो अवसरमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने सबैलाई एकपल्ट फेरी धन्यवाद दिन चाहन्छु । मेरो दुई बर्षे कार्यकाल सफल बनाउन सहयोग गर्ने एनआरएनएका अभियन्ताहरु, सुभेच्छुकहरु, संरक्षकहरु एवं राष्ट्रिय समन्वय परिषदका सम्पूर्ण पदाधिकारीहरु प्रति म आभार प्रकट गर्न चाहन्छु ।

एनआरएनए स्थापना भएको एक दशकमा स्वदेश र विदेशमा ठूलै परिवर्तन भइसकेका छन् । नेपालमा एउटा ठूलो राजनीतिक परिवर्तन संस्थागत हुने दिशामा अग्रसर भइरहेको छ । त्यसैको सन्दर्भमा नेपालमा शुरु भएको दोस्रो संविधानसभा निर्वाचन सफलताको कामना पनि गर्न चाहन्छु । निर्वाचनपछि बन्ने संविधानसभाले समयमै संविधान बनाएर नेपाललाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउने अपेक्षा सबैझै मैले पनि गरेको छु ।

यसबेला अर्थतन्त्रलाई गतिशिल बनाउन नेपालमा थप उत्साह, लगानी, प्रविधी र सद्भावको खाँचो छ । विदेशमा बस्ने नेपालीको सफलतासँगै नेपालमा पनि हामीप्रतिको अपेक्षा चुलिएको छ । त्यसैले संस्थालाई अझ बढि कृयाशील बनाउनु पर्ने खाँचो हिजोभन्दा अझ बढेको महसुस मैले पनि गरेको छु । यो हाम्रा लागि अवसर र चुनौती दुवै हो । यो चुनौतीलाई अवसरमा बदल्ने संकल्पलाई साकार पार्न छैठौ विश्व सम्मेलनले विगत झै एउटा बलियो नेतृत्व चयन गर्ने बिश्वास मैले पनि लिएको छु । यसै क्रममा मेरा सहकर्मी एवं अग्रजहरुको सुझाव र सल्लाहअनुसार मैले पनि महाधिवेसनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु ।

विदेशमा बसेर जति नै सफलता हासिल गरेपनि नेपाल समृद्ध नभएसम्म स्वाभिमानपुर्वक बाच्न कठिन हुँदोरहेछ । त्यसैले संसारभर छरिएर रहेका नेपालीहरुको यो छाता संगठनलाई अझ प्रभावकारी रुपमा अघि बढाउन र त्यसकै माध्यमबाट नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने गर्ने मेरो चाहनालाई विगतमा झै यहाँहरुबाट साथ, सहयोग र प्रोत्साहन मिल्ने अपेक्षा गरेकोछु ।

एनआरएनको अघिल्लो विश्व सम्मेलनमा गरिएको प्रतबद्धता बमोजिम एनआरएनको आफ्नै भबन निर्माण गर्न बजेट संकलन भैसेको छ, तर संस्था आधिकारिकरुपमा दर्ता नभैसेको कारण बिल्डिङ बनाउन नसकिएको यहाँहरुमा विदित नै छ । साथै, हन्ड्रेड मिलियन फण्ड अन्तर्गत लगानी कोष प्रभाबकारी रुपमा आगाडी बदौना यथासक्य पहल गरेको छु ।

बीबी ऐयरवेज यहाँहरु सबैको शहयोग ले सफलतापुर्वक उडान संचालन भएको थियो आगामी दिनमा अझ बाढी दिगो र प्रभावकारी रूपमा संचालनमा आउने तयारीमा रहेको जानकारी गराउँछु ।

आफ्नो उमेद्वारी घोषणा गरिरहदा भर्खरैमात्र बेलायतको गार्जियन पत्रिकामा छापिएकोे कतारस्थित रंगशालामा काम गर्दै आएका नेपाली श्रमिकको हृदय विदारक अवस्थाले मलाई पनि चिमोटीरहेको छ । नेपालमा कामको अवसर नपाएर विदेशमा श्रम र पशिना बेच्न बाध्य नेपालीहरुको हीत तथा व्यवसायलाई मर्यादित बनाउने विषय अब गैरआवासीय नेपाली संघको प्रमुख प्राथमिकतामा पर्नुपर्छ भन्ने मलाई लाग्छ । बैदेशिक रोजगारीमा जाने युवा युवतीहरुलाई शीपमुलुक तालिम प्रदान गर्न पनि अब हाम्रो सकृयता आवश्यक छ । त्यसो हुन सकेमा उनीहरुको कमाई बढि हुनेमात्र नभई सुरक्षा पनि मजबुत हुनेछ । त्यससँगै नेपालमा रोजगारीका बढि अवसर सिर्जना गर्ने दिशामा पनि हाम्रो अग्रसरता अझै बढि हुनु पर्छ भन्ने मलाई लाग्छ ।

एनआरएनए स्थापना भएको १० बर्ष पुरा भइसकेको छ त्यसैले नेपालमा यो संस्था दर्ता गर्न आवश्यक छ । त्यसैगरी एक पल्टको नेपाली सधैका लागि नेपाली भन्ने अभियानलाई पनि सार्थक निश्कर्षमा पुर्‍याउन आगामी नेतृत्वले पहल कदमी लिने विश्वास फेरी एकपल्ट दोहार्‍याउनु चाहन्छु । बिदेशमा बसेर पनि नेपालकै चिन्ता र चिन्तन गर्ने नेपालीहरुलाई आउदो संविधानसभा निर्वाचनमा भाग लिन पाउने वातावरण नबनाइएकोमा तपाईहरुजस्तै मलाई पनि आश्चर्य र दुःख लागेको छ । विदेशमा बस्ने नेपालीलाई पनि विकसित मुलुकहरुजस्तै मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्छ ।

त्यसैगरी, विदेशमा सिकेको सिप र आर्जन गरेको श्रोत नेपालमै लगानी गर्ने वातावरण बनाउनु नेपाल सरकार, निजी क्षेत्र र सञ्चारमाध्यमहरुसँग सार्थक समन्वय गर्नुपर्ने भएकाले त्यसका लागि पनि आगामी नेतृत्वले पहल गर्नेछ । गैरआवासीय संस्था एउटा राजनीति गर्ने थलो नभएर संसारभर रहेको नेपालीलाई अनुभूत गर्ने गरी काम गर्नुपर्छ भन्ने भावना विकसित भइरहेकाले यसको भविश्व उज्वल छ ।


बुधवार, २०७० आश्विन २३ गते २०:५४ / Wednesday, Oct 09, 2013 8:54 pm


Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अमेरिका बिशेष
1.   एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग
2.   नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा
3.   न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै
4.   न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न
5.   न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै
6.   नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध
7.   भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार
8.   एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न
9.   फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै
10.   जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख
11.   उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी
12.   न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न
13.   तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न
14.   न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न
15.   न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै
16.   न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित
17.   न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
18.   बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै
19.   न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख
20.   एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित
21.   न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा सर्बोत्कृष्ट चलचित्र
22.   न्यूयोर्कमा सम्पन्न हुने आदिवासी चलचित्र महोत्सवको लागि ११ चलचित्रहरु छनौट (सूची सहित)
23.   न्यूयोर्कमा नेपाली लेडिज नाईटको ५ औं संस्करण भव्य रुपमा सम्पन्न
24.   राजेश पायल राई र बसन्ती राईको "सोई ढोले सोई.."को म्यूजिक भिडियो सार्वजानिक
25.   न्यूयोर्कमा गुरुङ संस्कृतिमा आधारित चलचित्र मैंरिमो को भव्य प्रिमियर शो सम्पन्न
Results 233: You are at page 1 of 10
1 2 3 4 5 6 7 8 9 10 Next Last
भर्खरै

एनआरएन अमेरिकाको अध्यक्षमा थापाको उमेदवारी, निष्पक्ष र स्वतन्त्र निर्वाचनको निम्ति आयोगसँग माग

एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा सञ्जय थापाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेकाछन् । गत मार्च १० तारिख न्यूयोर्कको कुईन्सस्थित सुम्निमा किचेनमा आयोजित एक कार्यक्रममा थापाले आगामी कार्यकाल (२०१९-२०२१) को लागि नेतृत्वमा आउन लागेको बताए । थापा हाल संघको बहालवाला बोर्ड अफ डाईरेक्टर समेत हुन् ।

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्युयोर्क सहरमा सम्पन्न भएको छ । न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेशन-द नेप्लिज अमेरिकन फेस्टिभलले एक्सपोको आयोजना गरेको हो ।

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै

न्यूयोर्कमा अक्टोबर ७ तारिख सुपर हिट चलचित्र “वोवी” प्रर्दशन हुँदै सुपर हिट नेपाली चलचित्र “वोवी” न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा विहान ११ र दिउँसो २ः३० बजे दुई शो प्रदर्शन हुनेछ ।

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न

किरात राई चलचित्र यारी सर्वाेत्कृष्ट

न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न न्यूयोर्कमा दोस्रो आदिवासी चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) द्धारा आयोजित उक्त महोत्सव गत सेप्टेम्बर १५ र १६ तारिख अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको हो ।

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै

न्युयोर्क आदिवासी चलचित्र महोत्सवको तयारी पूरा १२ विधामा अवार्ड वितरण गरिदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना) को आयोजनामा सम्पन्न हुन लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संस्थाले न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार

भ्यागुताको धार्नी र अमेरिकामा नेपाली पत्रकार गुणराजको संयोजकत्वमा “निर्वतमान अध्यक्ष गौतम दाहाल माथि लागेका आरोपको” बारेमा छानविन गरि प्रतिवेदन दिन समिति नै कार्यसमितिले बनाएको थियो । ६ महिना पछि बुझाइएको प्रतिवेदनले गौतम दाहालले वदमासी गरेका हुन वा होइन भन्ने नै स्पष्ट पार्न सकेन ।

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न अमेरिका भ्रमणमा रहेका सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील अभियन्ताहरुको सहभागितामा अमेरिकाको एटलान्टामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम एटलान्टाको क्लेरमोन्ट रोडमा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो ।

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै

फेब्रुवरी १५ तारिख एटलान्टामा विज्ञहरुसँग अन्तरसंवाद हुदै अमेरिका भ्रमणमा रहेको सूचना, सञ्चार र अधिकार क्षेत्रमा क्रियाशील विज्ञहरुको सहभागितामा अमेरिकाको एटलान्टामा एक अन्तरसंवाद कार्यक्रमको आयोजना हुने भएकोछ । कार्यक्रम एटलान्टामा अवस्थित हिमालयन स्पाईस रेष्टुरेन्टमा बेलुका ७ः३० बाट सञ्चालन हुनेछ ।

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी १७ तारिख

जर्जियामा जोग प्रोडक्सनको आयोजनामा फेब्रुवरी  १७ तारिख आगामी फेब्रुवरी १७ तारिख शनिबार अमेरिकाको जर्जिया राज्यमा “मेलोडी नाईट विथ् थ्रिलिङ डान्स पर्फर्मेन्स” नामक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकोछ । जोग प्रोडक्सनले आयोजना गर्न लागेको उक्त कार्यक्रम जर्जियाको क्लार्कस्टनस्थित काठमाण्डु किचेन एण्ड ग्रीलमा सम्पन्न हुन लागेको हो ।

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी

उत्तर अमेरिका तामाङ संघको अध्यक्षमा लक्यान लामाको उम्मेद्वारी आगामी साता सम्पन्न हुन लागेको प्रथम् उत्तर अमेरिका तामाङ सम्मेलनको पुर्वाद्धमा लक्यान लामाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेकाछन् । तामाङ सोसाईटी अफ अमेरिकाका पुर्व महासचिव समेत रहेका लामा उत्तर अमेरिका तामाङ सम्मेलनको लागि गठित तदर्थ समितिका सदस्य सचिव हुन् ।

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा सुम्निमा साँझको ९ औं संस्करण भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिकाले हरेक बर्ष आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम “सुम्निमा साँझ”को ९ औं संस्करण गत डिसेम्बर २४ तारिख न्यूयोर्ककमा भव्य रुपमा सम्पन्न भएको छ । मंसीरे पुर्णिमा (उधौंली) को अवसर पारेर सन् २००८ सालदेखि नियमित रुपमा आयोजना हुँदै आएको “सुम्निमा साँझ” न्यूयोर्कमा स्थापित एवं लोकप्रिय सांगीतिक कार्यक्रमको रुपमा परिचित कार्यक्रम हो ।

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न

(तस्बीरसहित)

तमु परिवार न्यूयोर्कद्वारा ल्होछार-२०७४ भव्य रुपमा सम्पन्न तमु परिवार न्यूयोर्कले डिसेम्बर १७ तारिख न्यूयोर्कमा भव्य रुपले तमु ल्होछार-२०७४ मनायो । न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईट्सस्थित बेलोजिनो हलमा सम्पन्न उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न

न्यूयोर्कमा चुम्लुङ नाईट भव्य रुपमा सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको 'चुम्लुङ नाईट-२०१७' भव्य रुपमा सम्पन्न भएको छ । प्रथम नेपाली तारा दिपक लिम्बुको एकल गायनको साथ सम्पन्न उक्त सांगीतिक कार्यक्रम गत डिसेम्बर ९ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजना भएको हो ।

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै

न्यूयोर्कमा प्रथम नेपाली तारा दीपक लिम्बुको साथमा चुम्लुङ नाईट हुँदै किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख न्यूयोर्कमा “चुम्लुङ नाईट-२०१७” नामक सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र अन्य विविध् सांस्कृतिक कार्यक्रम रहने आयोजक बताएकोछ । लिम्बु विगत २ महिनादेखि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहदै आएकाछन् ।

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित

न्यूयोर्क सिटी कम्पट्रोलरद्धारा फिप्ना सम्मानित तिहारको अवसर पारेर न्यूयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, (फिप्ना)लाई सम्मान गरेको छ । गत अक्टोबर २५ तारिख न्यूयोर्कको कुईन्सस्थित एल्मर्हस्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा फिप्नालाई उक्त सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्कमा कमलेको बिहे भव्य रेड कार्पेट प्रिमियर शो सम्पन्न प्रसन्न पौंडेल निर्देशित नेपाली चलचित्र कमलेको बिहेले न्यूयोर्कमा भव्य रेड कार्पेट शो गरेको छ । चलचित्रको गत सेप्टेम्बर १७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रिमियर शो सम्पन्न गरेको हो । यसअघि चलचित्रको बेलायत र हङकङमा बिशेष प्रर्दशन भएको थियो । नेपालमा भने चलचित्र आगामी मंसीरमा लाग्नेछ ।

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै

बाढी पीडित सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा “यारी” प्रर्दशन गरिदै गत साउन २७ गते नेपालको सुनसरीमा गएको विनासकारी बाढीमा परेर ज्यान जोगाउन सफल सानुमाया राईको सहयोगार्थ न्यूयोर्कमा चलचित्र “यारी” को बिशेष प्रर्दशन गरिने भएको छ । स्थानिय बुढीखोलाको बाढीले करिब १० किलोमिटर बगाउँदा पनि आफ्नो ज्यान जोगाउन सफल राईको उपचारार्थ सहयोग रकम जुटाउने उद्देश्यले चलचित्रको प्रर्दशन गर्न लागिएको हो । चलचित्र यहि सेप्टेम्बर १६ तारिख न्यूयोर्कको कुईन्स, ज्याक्सन हाईटस्मा अवस्थित शेर्पा किदुगको भवनमा दिनको १ देखि ३ बजेसम्म प्रर्दशन गरिनेछ ।

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख

अल एलोन...शो मोस्ट गो अन लेख्दै अमेरिका उडे सबिन

न्यूयोर्कमा सबिन राई, शिब परियार र अमित पलको मेगा कन्सर्ट सेप्टेम्बर १५ तारिख नेपाली ब्रायन एडमको उपनामले परिचित ख्याती प्राप्त रक–पप स्टार सबिन राईले आगामी सेप्टेम्बर १५ तारिख न्यूयोर्कमा लाईभ कन्सर्ट गर्ने भएकाछन् । गायक राईसँगै चर्चित गायक शिब परियार र इन्डियन आईडल फस्ट रनर (सिजन ३) उपबिजेता अमित पलले उक्त मेगा कन्सर्टमा कार्यक्रम प्रस्तुत गर्ने भएकाछन् । गायक सबिन राई सेप्टेम्बर १२ तारिख न्यूयोर्क आईपुग्दैछन् भने परियार र पल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामै रहेकाछन् ।

एनआरएन अमेरिकामा डा. पौडेल पुन: निर्वाचित

एनआरएन अमेरिकामा  डा. पौडेल पुन: निर्वाचित गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल पुन: निर्वाचित भएका छन् । यसअघि पौडेल सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । पौडेलले उनका निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उनले चार हजार २ सय २९ मत प्राप्त गरेका थिए भने थापाले तीन हजार ८५ मत प्राप्त गरेकी हुन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.